भत्ता काटिएपछि राजधानीमा ट्राफिक जाम बढ्यो

काठमाडौं, ३० असार । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन ।

सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् ।

गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु चालकको गल्ती लाग्न छाडेको छ ।

त्यस्तै सावरी चालक संग घुस लिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ६६ ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।

एजुरीका आधारमा अनुसन्धान गर्दा तरकारीदेखि नगद घुस लिने गरेको पाईएपछि ४४ लाई नसिहत र २२ लाई निलम्बन गरेर जम्मा ६६ ट्राफिक प्रहरीलाई आन्तरिक कारवाही गरिएको महाशाखा प्रमुख तथा डिआईजी मिङ्मार लामाले जानकारी दिए ।

Loading...