सिरियाली वायु सेनाले खसाल्यो इजरायलको युद्धक विमान

एजेन्सी । सिरियाली सेनाले एउटा इजरायली लडाकु विमान खसालिदिएकोे जनाएको छ । सिरियाको उत्तरी भागमा उडेको इजरायली एफ–१६ युद्धक विमानलाई सिरियाली वायुसेनाले शनिबार बिहान गोली हानेर खसालिदिएको सिरियाली वायुसेनाले जनाएको छ ।

मध्यसिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार बिहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको वायुसेवाले जनाएको हो ।

सिरियाली वायुसेनाले इजरायली विमानमाथि आक्रमण गरेपछि विमान आकाशमा नै जलेको तर युद्धक विमानका दुई चालक भने प्यारासुटको सहारामा जमिनमा अवतरण गरेका थिए । घाइते चालकहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

इजरायली सेनाले सिरियाली वायुसेनाको होम्सस्थित टी–४ शिविरमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि सिरियाली सेनाले पनि आक्रमणलाई सशक्त बनाएको थियो । इजरायलले भने सिरियाबाट आक्रमण गरिएको मानवरहित युद्धक विमानलाई आकाशमा नष्ट गरिदिएको दाबी गरेको छ ।

Loading...