जापानी राजकुमारीको विवाह दुर्इ वर्ष सारिएपछि जापानमा ठूलो चर्चा

टाेक्याे । जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट गर्ने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो ।

‘हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्ने गरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ,’ राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ ।

उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबारे यसअघि नै जापानी सम्राट र राजपरिवारका अन्य सदस्यहरूलाई जानकारी गराइसकेको जनाइएको छ ।

उमेर र स्वास्थ्यको कारण देखाउँदै आगामी वर्ष जापानी सम्राट अकिहितोले गद्दी छोड्ने निर्णय गरेको र सो कार्यक्रममा परिवारिक व्यस्तताका कारण विवाहलाई दुई वर्ष पछि सारिएको जिजीले उल्लेख गरेको छ ।

राजकुमारी माकोले विज्ञप्तिमा भेनकी छिन्, ‘हाम्रो विवाहको तयारीमा जुट्ने सबैसँग विवाह सार्दा परेको समस्याप्रति क्षमाप्रार्थी छु,’ माकोका हुनेवाला श्रीमान् कुमुरो एउटा सामान्य परिवारका व्यक्ति हुन् ।

पर्यटन क्षेत्रमा संलग्न कुमुरोसँग विवाह भएपछि माकोको राजकुमारीको हैसियत अन्त्य हुनेछ । माको र कुमुरो केही वर्षअघिदेखि गहिरो प्रेममा छन् ।

Loading...