नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेको भन्दै काठमाडौंका प्रहरी प्रमुख धानुक हटाइए

काठमाडौं, २९ माघ । काठमाडाैंका प्रहरी प्रमुख रविन्द्र धानुक जिम्मेवारीबाट हटाइएका छन् । स्राेतका अनुसार प्रहरी हेडक्वार्टर र सरकारले सर्वाधिक खाेज्न लगाइएका पूर्व एअार्इजी नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै धानुकलार्इ हटाइएकाे हाे ।

धानुकलार्इ हटाएर उनका ठाउँमा विश्वराज पाेखरेललार्इ ल्याइएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा धानुक केही समय अगाडि मात्र अाएका थिए । पोखरेल यसअघि महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए ।

सरकारले नवराज सिलवाललाई कीर्ते काण्डमा पक्राउ गर्न इन्टरपाेलमा समेत रेडकर्नर नाेटिस जारी गराएकाे छ । सिलवाल नेकपा एमालेबाट ललितपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । तिनै सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै एसएसपी धानुककाे अालाेचना भएकाे थियाे ।

प्रहरी प्रधान कार्यालयले धानुककाे कार्यसम्पादन कमजोर भएको, उनकाे पालामा आपराधिक घटनामा बृद्धि भएको लगायतका कारण देखाउँदै उनलाई काठमाडौं प्रहरीको जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

Loading...