होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति

काठमाडौं, २९ माघ । नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् ।

यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन । उनी अाफ्नाे उपचारमा लागेकाे सबै खर्च र कालाेबजारमा गरेकाे काराेवार राज्यकाे ढुकुटीबाट भराउन तल्लिन छन् । उनले अवैध तरिकाले भारतीय नाेट कालाेबजारमा सटही गरेकाे सरकारका निकायलार्इ जानकारी मात्र दिएका हाेइनन कालाेबजारमा तिर्नुपरेकाे चर्काे शुल्क समेत राज्यकाे ढुकुटीबाट ब्यहाेरिनुपर्ने अत्यन्तै लज्जाजनक माग राखेका छन् । 

नेपाल सरकारकाे मन्त्री समेत भइसकेकाे नेताले यसरी लाजमर्दाे माग गरेपछि मन्त्रालयका कर्मचारीहरु अहिले पानी पानी भएका छन् । तर, पासवान भने कालाेबजारमा चर्काे रकम तिरेर भारु साटेकाे पैसा राज्यकाे ढुकुटीबाट भराउन दिनरात लागि परेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान सरकारका मन्त्रीहरुलार्इ समेत प्रभावमा ल्याइ मन्त्रीपरिषदबाट उनकाे खर्च दिने प्रस्ताव पास समेत गरार्इ सकेका छन् । तर, कर्मचारीहरुले त्यस्ताे रकम तिर्न कुनै हालतमा नसकिने भन्दै राेकेका छन् ।

पासवानले अवैध तरिकाले सटही गरेकाे रकम सानाे पनि छैन । उनले कालाेबजारमा १५ लाख २ हजार ९ सय ९४ भारतीय रुपैयाँ सटही गरेकाे जानकारी दिएर साे बराबरकाे रकम माग गरेका छन् । याे रकम उनले अाफू भारतमा उपचार गर्न जाँदा बैंकमा नपाएपछि कालाेबजारमा चर्काे पैसा तिरेर साट्नुपरेकाे दावी गरेका छन् । उनले कालाेबजारमा चल्तीकाे दरभन्दा प्रतिसय चार रुपैयाँ बढी तिरेर किनेकाे जनाएका छन् ।

दिनहुजसाे मन्त्रालय धाउने गरेका पासवान कर्मचारीका अगाडि नाटक गर्दै एकदिन साेफामै ढलेका थिए । आफूले निवेदनमा दाबी गरेअनुसार रकम पाउ भन्दै स्वास्थ्य मन्त्रालयमा पुगेका पासवान मन्त्रालय कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए ।कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताउने बित्तिकै साेफामा रिंँगटा लागेको भन्दै ढलेकाे स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

अनाैठाे त याे छ कि पासवान अचेल अाफ्नाे स्वास्थ्य उपचारमा ७३ लाख रकम लागेकाे ढिपी गर्दै हिडेका छन् । त्याे पनि सरकारकै मातहतमा रहेकाे शिक्षण अस्पताल महाराजगञ्जमा । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराएका उनी अाफै त्यहाँबाट भारतकाे मेदान्त हिडेकाे र त्यहाँ समेत उपचार गर्दा ७३ लाख खर्च लागेकाे अनाैठाे दावी गर्ने गरेका छन् ।

उनले यस्ता अनाैठा बिलसमेत मन्त्रालयमा पेस गरेका छन कि जुन बिल हेर्दा मन्त्रीकाे मन्त्री पद नै मजाक बन्छ । कालाेबजारीदेखि महङ्गा हाेटेलमा गरेका मस्तीका बिल पनि उनले समावेश गरेका छन् । त्यस्ताे मस्तीकाे खर्च पनि सानाे छैन । पासवानले हाेटेलमा गरेकाे मस्तीकाे खर्च करिव १९ लाख छ । त्याे १९ लाख सरकारले दिनुपर्ने उनकाे माग छ । त्यसैगरी उनले अाफूले यात्रा गर्दा लागेकाे यातायात खर्च भन्दै पेस गरेकाे रकम पनि अनाैठाे नै छ । उनले करिब ९ लाख रुपैयाँ यातायातमा लागेकाे दावी गरेका छन् ।

अनाैठाे त याे छ कि पासवान याे सबै रकम देउवा सरकारबाटै भराउन लागि परेका छन् । उनी अचेल दिनहुँ मन्त्रालयमा गएर सरकार ढल्न लाग्याे मेराे निवेदन छिटाे अगाडि बढाइदिनुपर्याे भन्दै राेइकरार्इ गर्ने गरेका छन् । सरकारकाे मन्त्री समेत भएकाे एक नेताले गरेकाे यस्ताे लाजमर्दाे वेइज्जती देखेर मन्त्रालयका कर्मचारीहरु चकित छन् । पासवान मन्त्रालयका कर्मचारीसँग त ताकेता गर्न जान्छन नै वर्तमान सरकारका मन्त्रीहरुलार्इ पनि उनले धेरैजसाेलार्इ राेइकरार्इ गर्न भ्याएका छन् । उनले अाफ्नाे फाइल मन्त्रिपरिषदबाट छिटाे पास गराउन प्रम देउवासँग पनि निकै लविङ गर्न भ्याएकाे स्राेतकाे दावी छ ।

Loading...