एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु

मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट ८० किलोमिटर दक्षिणपूर्वमा रहेको एक गाउँमा झरेको बताइएकाे छ । उक्त ठाउँ राजधानी मस्काेबाट ८० किलाेमिटर टाढा रहेकाे बताइएकाे छ । विमान तीब्र गतिमा झर्दै हिउँ नै हिउले भरिएकाे ठाउँमा खसेकाे थियाे । साे क्षेत्रमा हिउ परिरहेकाे छ । विमान खसेलगत्तै उद्धार टाेली जाने प्रयत्न गरे पनि  जहाजमा सवार सबैको मृत्यु भएको छ ।

बिमान ट्रयाकिङ साइट फ्लाइट राडारले बिमान उडेको ५ मिनेटलगत्तै प्रतिसेकेन्ड एकहजार मिटरको स्पिडमा खसेको जनाएको छ ।जहाज मस्काेदेखि ४० किलाेमिटर टाढा रहेकाे विमानस्थल डाेमाेडेडाेभाेबाट करिव १५ सय किलाेमिटर टाढा रहेकाे अाेस्काे सहरमा जाँदै थियाे । उक्त सहर रुस र कजाकस्तानकाे सीमानामा पर्छ ।

Loading...