बेलुनले नेपालको झण्डा उडाएर पर्यटन नगरीको घोषणा

 

 काठमाडौ, २५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अब देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीद्धारा बिहिबार स्वयम्भुमा अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता खनालले साे कुरा बताएका हुन् । 

नेपाल मण्डल पर्यटन नगरी महाेत्सव अायाेजक समितिले नेपाल मण्डललार्इ बचाउ याे अभियानकाे सुरुवात गरेकाे छ । साेही अभियानकाे उद्घाटनमा पुगेका नेता खनालले  स्वयम्भुकाे महाचैत्यस्थलबाट नेपालको भण्डा सहितका बेलुन उडाएर अभियानकाे थालनी गरे । पाँच पर्यटन नगरी महोत्सव समारोहलाई संबोधन गर्दै नेता खनालले भने, पहिले केन्द्रबाट कुनै पनि कार्ययोजना लादिन्थ्यो । तर, त्यसकाे ठिक विपरित जनस्तरबाट विकास कार्यक्रम अाउन थालेका छन् । यसलाई राज्यले सम्बोधन गर्नुपर्छ ।” नेता खनालले पर्यटन नगरीले ल्याएको अवधारणा जनआवाज भएको हुनाले आफनो पूर्ण समर्थन रहने प्रतिवद्धता पनि जनाए । 

भिक्षु आनन्दको सभापतित्वमा सम्पन्न भएकाे पर्यटन नगरी घोषणा सभालाई प्रदेश सभाका सभासद तथा नेकपा एमाले काठमाडौं इन्चार्ज सानुकुमार श्रेष्ठले पनि सम्पन्न गरेका थिए । उनले सुविधा सम्पन्न भनिने उपत्यकामा उपत्यकावासीहरुकै राज्यस्तरमा पहुँच नभएकाे बताए । साथै उनले पर्यटनको माध्यमबाट कृषि, सम्पदा र संस्कृति प्रवद्र्धन गर्ने थालिएको अभियानलाई आफनो एेक्यवद्धता रहने बताए । 

सामुहिक वेलुन र नेपालको झण्डा उडाएर थालिएको नेपाल मण्डल घोषणा सभामा नेपाल मण्डल पर्यटन नगरीका संयोजक कृष्ण के.सी.ले काठमाडौं उपत्यकाको चारैतिरका पाँच नगरीको प्रर्वद्धनार्थ एक एक अर्व विउ रकम छुटटाउन माग गरे । यसका लागि अधिकार सम्पन्न वागमती संम्पन्न संरक्षण अभियानमा जस्तै रक्सी, चुरोट, सवारी चलाएर, उद्योग, घरभाडा वापत वातावरण संरक्षणार्थ ०१ प्रतिशत कर उठाउनुपर्नेमा जोड दिए । 

  
अनेक बुद्ध तथा अजिमाँहरुले दर्शन गरेको  १ हजार ४ सय १० मिटर उचाइमा रहेकाे स्वयम्भू महाचैत्यबाट शुरु भएको पर्यटन नगरी घोषणा सभामा चन्द्रागिरी चम्पदेवी पर्यटन नगरीका संयोजक विनोद महर्जन, फुल्चोकी लाँकुरी भञ्ज्याङ पर्यटन नगरी,लेले,शंखु,टिकाभैरवबाट सुकुलाल तामाङ, नगरकोट जरसिंहपौवा पर्यटन नगरीका गोकुल शर्मा,पनौती,धुलिखेल,वनेपा पर्यटन नगरीका त्रिविक्रम कर्माचार्य,मंगलसिंह लामा वल, शिवपुरी,ककनी पर्यटन नगरीबाट ईन्द्रलामा र सोममाया लामा, जामाचो यङकीदह पर्यटन नगरीका संयााजक राजेन्द्र के.सी.भोजराज श्रेष्ठ र पशुपति ग्वल समाजको अध्यक्ष केदारमान भण्डारीलगायतको सहभागिता थियो ।

अायाेजकले फागुण, चैत्र, बैशाख तीन महिना आआफ्नो क्षेत्रको प्रवद्र्धनार्थ स्थानिय सहभागितामा पर्यटन महोत्सव आयोजना गर्दै जाने जानकारी दिएकाे छ । आयोजक नगरीका सदस्य सचिव पदम श्रेष्ठले खास नेपाल मण्डल (यें, येंम्बुङ ) को क्षेत्रफल करिब २५० वर्ग माइल रहेको र प्रत्येक डाँडा बौद्ध, शैव र अजिमाँ संस्कार र इतिहाससँग सम्बन्ध गाँस्दै समृद्ध रहेको बताए ।

उपत्यकाभित्र बग्ने वाग्मती-विष्णुमती, मनहरा, भाटाखुशी, हनुमन्ते, टुकुचा, वल्खु, सपनतीर्थ नदिलगायत १३ वटा नदी ३६० किमीको दूरीमा ६३० वर्गकिमीको क्षेत्रफल पार गरी हसिकाप चोभारबाट बाहिर निस्कने हुँदा सो सभ्यताको संरक्षणार्थ अभियानले पर्यटन प्रवद्र्धन थालेको बताए ।  

Loading...