एमाले–माके मिलेर काँग्रेसका सबै उम्मेदवारलाई यसरी पराजित गरे

सुर्खेत, २५ माघ । राष्ट्रियसभा सदस्यका निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवार पराजित भएका छन् । बुधबार सम्पन्‍न चुनामा प्रदेश नम्बर ६ मा सबै एमाले र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

एमाले-माके गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार विष्णुबहादुर शाही पराजित भएका छन् ।

यस्तै महिला सदस्यमा एमालेकी नन्दा चपार्ईले नन्दा चपाईले १ हजार २ सय ६८ मत ल्याएर विजयी भएका थिए भने कविता बोगटीले १ हजार ३ सय १४ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रकी युटोल लामाले १ हजार २ सय ७१ मत ल्याएर विजयी भएकी छन् । काँग्रेसबाट महिलातर्फ प्रतिस्पर्धामा उत्रेकी सुर्यदेवि शाही पराजित भएकी छन् ।

एमालेका नरपति लुवारले दलित कोटाबाट ३ हजार ६ सय ६६ मत र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट ३ हजार ७ सय २० मत ल्याएर सुरुमै विजयी विजयी भइसकेका थिए । काँग्रेसका मित्रलाल सार्की र गोपालप्रसाद शर्मा पराजित भएका छन् ।

प्रदेश नम्बर ६ मा ८ राष्ट्रियसभा सदस्यका लागि १२ जनाले उम्मेदवार दिएका थिए । एमालेले ५, माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसको तर्फबाट ४ जनाले उम्मेदवारी दिएका थिए ।

Loading...