प्रदेश जान मान्दै मानेननन् कमाउ अड्डाका कर्मचारी

काठमाडाैं, २५ माघ – सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् । 

सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले अाफ्नाे सरुवा राेक्न दबाब दिन थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएकाे छ ।

सामान्य प्रशासनले बुधबार ८ सय कर्मचारीलाई विभिन्न प्रदेशमा सरुवा गरेकाे छ। श्रेणीविहीनसहित दुई हजार कर्मचारी प्रदेशमा पठाउने मन्त्रालयकाे याेजना छ । तर सरुवामा परेका केही कर्मचारी नयाँ ठाउँमा जान अानाकानी गरेकाे स्राेतकाे दाबी छ ।

सरुवा भइसकेकालाई सम्बन्धित कार्यालयले काजमा राखेकाले पनि कर्मचारी जान अानाकानी गरेकाे स्राेतकाे भनाइ छ । यस्ताे प्रवृत्ति मालपाेत कार्यालयमा बढी देखिएकाे स्राेतले बतायाे ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्याैपानेले भने’ ‘सामान्यकाे जिम्मेवारी कर्मचारी सरुवा गर्ने हाे । सरुवा गरिएकाे कर्मचारीलाई सम्बन्धित कार्यालयमा खटायने, नखटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयले लिनुपर्छ।’ सरुवामा पर्नेमा नेपाल ट्रष्टको कार्यालय, गृह मन्त्रालय र हुलाकका समेत छन् ।

Loading...