अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा नेकपाले गर्यो तोडफोड (फोटाहरुसहित)

भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय सङ्घर्षको घोषणा

काठमाडौँ, २३ माघ । अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्माकाे घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् ।

सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका थिए । अाक्रमणाबाट शर्माकाे घरका सीसा, झ्याल, ढोकामा ठूलाे क्षति पुगेकाे छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा शर्माकाे घर रहेकाे छ । शर्मालार्इ अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेकाे छ । तर, उनी अहिलेसम्म सुरक्षाकर्मीहरुकैबीच लुकेर बसेकाे बताइन्छ । 

शर्माले कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ अनियमितता गरेका थिए भने एनसेल बिक्री करमा समेत अर्बाै छुट दिन मुख्य भूमिका निर्वाह गरेका थिए । नेकपाले उनकाे सम्पती राष्ट्रियकरण गर्न माग गरेकाे छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् । 

नेकपाले भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय संघर्षकाे घाेषणा गरेकाे छ । देश भ्रष्टाचारकाे दलदलमा परेर ध्वस्त पारिएकाे तथा जनता र राष्ट्रकाे जीवनमाथि खेलवाड गरिएकाे भन्दै नेकपाले अाम जनतालार्इ भ्रष्टाचारका विरुद्धकाे अभियानमा साथ दिन अाग्रह पनि गरेकाे छ । 

 

 

Loading...