काँग्रेस समर्थक विद्यार्थीको मृत्यु भएपछि पीएन क्याम्पसमा तनाव

पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो ।

ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान लिएको आरोप लगाउदै तोडफ़ोडमा उत्रेका १ दर्जन बिद्यार्थीलाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनको नेतृत्व नेविसंघले गरेको छ । मृतक बिद्यार्थी नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्षसमेत थिए ।

Loading...