इङ्गलिस प्रिमियर लिगमा चेल्सीको नराम्रो पराजय

काठमाडाैं, २३ माघ । खेलकाे अन्तिम समयमा लय गुमाउँदा इङ्गलिस प्रिमियर लिग फुटबलमा विजेताकाे दावेदार क्लब चेल्सी वाटफोर्डसँग नराम्ररी पराजित भएकाे छ । साेमबार राती भएकाे खेलमा चेल्सी वाटफाेर्डसँग ४-१ ले पराजित भएको हाे ।

याे हारसँगै चेल्सी ५० अंकका साथ चाैथाे स्थानमा पुगेकाे छ भने वाटफाेर्ड २६ खेलबाट ३० अंक बटुलेर तालिकाको ११ औं स्थानमा छ । वाटफाेर्डका लागि ४२ औं मिनेटमा ट्रोय डीनीले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । उनले पेनाल्टीलार्इ कुनै गल्ती नै नगरी गाेल गरेका हुन् । त्यसपछि चेल्सीका इडन हजार्डले ८२ औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि अन्तिम समयमा चेल्सी सम्हालिन नसक्दा लगातार तीन गोल खान पुग्याे । वाट्फोर्डले खेलको अन्त्यतिर ६ मिनेटभित्र तीन गोल गरेको हो । ८४ औं मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औं मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि वाट्फोर्ड ४-१ ले विजयी भयो ।

पहिलो हाफमै चेल्सीका बाकायोको रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० जनामा खेलाडीमा सीमित भएको चेल्सी दबावमा परेको थियो ।

२६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ५६ अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो र ५१ अंकसहित लिभरपुल तेस्रो स्थानमा छन् ।

Loading...