सुदुरपश्चिमेली समाज जापानको अधिवेशन टोकियोमा सम्पन्न अध्यक्षमा एकेन्द्र थापा निर्वाचित

टोकियो– “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने नाराका साथ सुदूरपश्चिमेली समाज जापानको पाँचौ अधिबेशन आईतबार टोकियोमा सम्पन्न भएको छ ।

समाजको अधिबेशनको उद्घाटन गर्दै गैर आवासीय नेपाली संघ,आईसीसीका अध्यक्ष भवन भट्टले नेपालीहरुका लागि नेपालीले विश्वको जुनसुकै मुलुकमा भएपनि आफ्नो माटो र जन्मभूमिका लागि केही गर्न एकजुट हुनु सुखद् पक्ष भएको बताउनुभयो । उहाले समाजले स्थापना गरेको एक सय मान जापानी येनको आर्थिक कोषमा १० मान येन सहयोग गर्नु भएको छ।

कार्यक्रममा बोल्ने बक्ताहरुले समाजको विकासका लागि एकजुट हुनु आजको आवश्यकतालाई मनन गर्दै सुदुरपश्चिमबाट जापानमा आई विभिन्न पेशा, व्यावसाय र अध्ययनमा रहेकाहरुले समाजको गठन गरि क्रियाशिल हुनु सरहानीय कार्य भएको बताएका थिए । वक्ताहरुले समाजको विकासका लागि यस संस्थाले पुरयाएको योदानको समेत प्रशंसा गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि प्रवासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति जापानका उपसभापति नवराज थापा, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबीलाल भण्डारी, एनआरएनए जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ नेपालकी पूर्व केन्द्रीय सदस्य पवन वर्षा शाह,अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदमसिंह ठगुन्ना, नयाँं शक्तिका केन्द्रीय सदस्य भुवन रोका, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, ब्यावसायी पुष्करजंग थापा, गोर्खा समाज जापानका अध्यक्ष सि.एम भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी, रिपोटर्स क्लब जापानका अध्यक्ष सन्तोषबाबु चोखाल , स्वास्थ्य विज्ञ डा. विजय ज्ञावाली, व्यवसायी तथा समाजसेवी दिपक सुवेदी , एनआरएनए जापानका पूर्व महासचिव वेलुकाजी थापा , गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीले समेत बोल्नुभएको थियो ।

अधिवेशनले सुदुरपश्चिमेली समाज जापानको संस्थापक अध्यक्ष चन्द्रराज उपाध्याय, पूर्व अध्यक्ष आशिष रावल र डा. भरत नेगी र व्यवसायी दिपक सुवेदीलाई विशेष रुपले समाजका लागि योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

समाजको अधिवेशनबाट अध्यक्षमा एकेन्द्र थापा उपाध्यक्षमा मदन साउद, कृष कोईराला र दल ब. धामी निर्वाचित हुनुभएको छ । त्यसैगरि महासचिवमा दिनेश अधिकारी सचिवमा जयांनन्द भट्ट, प्रकाश चन्द्र जोशी र रामु विष्ट कोषाध्यक्षमा नृप कुँवर सह कोषाध्यक्षमा पुनम विष्ट युवा संयोजकमा भैरव थापा (पुरुष ) र आस्था खत्री (महिला) निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा चेतवान रावल, पूर्ण जोशी, उज्वल सिंह डडाल, पूर्ण टेलर, भक्तमान जोशी र खेम ओझा निर्वाचित भएका छन् । त्यसैगरि समाजको प्रवक्तामा एच.बी ताम्राकारलाई चयन गरिएको छ ।

त्यसैगरी समाजको सल्लाहकारमा पवन बर्षा शाह, भरत नेगी चन्द्र उपाध्याय पूर्ण चलाउने आषिश रावल पदम ठगुन्ना रामु खड्का चयन भएका छन ।

अधिवेशनले बौद्धिक समितिको पनि गठन गरेको छ जसमा बिष्णु भट्ट भुवन शंकर भट्ट दिनेश रतला जोशी र डा:गणेश राज जोशीलाई चयन गरेको छ ।

 

समाजका निबर्तमान अध्यक्ष पूर्ण चलाउनेले सहभागी सबैमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि समाजलाई आफ्नो सहयोग रहने धारणा राखे ।कार्यक्रम समाजका सल्लाहकार बिष्णु भट्टले संचालन गरेका थिए ।

Loading...