वलिउडमा सबैभन्दा बढी कमाउने नायिकामा पर्दै दीपिका पादुकोण

भारतका चर्चित र सफल अभिनेत्रीमा गनिन्छिन दीपिका पादुकाेण । पछिल्लाे समय उनी अभिनित चलचित पद्मावतीले व्यापार राम्राे गरे पनि विवादमा छ । वलिउडका ठूला व्यानरका चलचित्र निर्देशन गर्दै सफल निर्देशकमा दरिएका भन्सालीले पद्मावतीकाे प्रस्तुति जुन रुपबाट गरे त्यसमाथि खासगरी महिलावादीहरुले कडा विराेध गरेका छन् ।

चलचित्र विवादमा भए पनि नायिका दीपिका पादुकोणकाे भने निकै प्रशंसा भएकाे छ । उनले यही फिल्मबाट एक सय कराेड कमाएकाे बताइन्छ । उनी अहिले बलिउडमा व्यस्त अभिनेत्रीमा पर्छिन् । दीपिकाले खेलेका प्रायः धेरैजसाे फिल्मले राम्रो कमाइ गरेका छन् । यी हुन्, एक सय करोडभन्दा बढी भारु कमाउने दीपिकाका फिल्म :

चेन्नई एक्स्प्रेस

सन् २०१३ मा रिलिज चेन्नई एक्स्प्रेसमा शाहरुख खान र दीपिका पादुकोणको जोडीलाई दर्शकले खुबै रुचाए । एक्सन कमेडी फ्लेबरको यो फिल्मले राम्रो कमाइ गर्न सक्यो । चेन्नई एक्स्प्रेसले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । फिल्मले दुई सय २६ करोड कमाइ गरेको थियो ।

ह्याप्पी न्यु इयर

चेन्नई एक्स्प्रेसको सफलतासँगै चर्चा बटुलेकी दीपिकाले ह्याप्पी न्यु इयरबाट झन् उचाइ थपिन् । सन् २०१४ मा रिलिज यो फिल्मले चेन्नई एक्स्प्रेसको कमाइलाई भेटाउन नसके पनि दुई सय करोडको क्लबमा भने सामेल भइछाड्यो । दर्शकले रुचाएकै कारण ह्याप्पी न्यु इयरले तीन सय दुई करोड कमायो । यो फिल्ममा पनि दीपिका र शाहरुखकै जोडी मुख्य भूमिकामा छ ।

ये जवानी है दिवानी

दीपिका पादुकोण र रणवीर कपुरको अफेयरको चर्चा अहिले पनि सेलाएको छैन । उनीहरूबीच सम्बन्ध जोडिएको र टुटेको खबर दोहोरिइरहन्छन् । जे होस्, फिल्ममा भने यो जोडीलाई दर्शकले खुबै रुचाए । सन् २०१३ मा रिलिज ये जवानी है दिवानीमा दीपिका र रणवीरको जोडीको प्रदर्शन उत्कृष्ट साबित भयो । दीपिकाको फिल्मी जीवनमा यो पनि धेरै कमाउनेमध्येको एक फिल्म हो । यो फिल्म दुई सय करोडको क्लबमा सहभागी हुन त सकेन, तर नजिक–नजिक पुग्यो । ये जवानी है दिवानीले एक सय ९० करोड कमाएको थियो ।

गोलियाँ की रासलीला रामलीला

सन् २०१३ दीपिकाका लागि बलिउडमा उर्बर रह्यो । किनभने उनले त्यो वर्ष धेरैवटा फिल्म खेलिन्, र सबैजसो सफल पनि भए । एउटा फिल्म हो, गोलियाँ की रासलीला रामलीला पनि । फिल्ममा रणवीर सिंहसँग उनको जोडी जमेको छ । यो फिल्मले एक सय १० करोड कमाएको थियो ।

रेस २

रेस २ एक्सन थ्रिलर फिल्म हो । सन् २००८ को फिल्म रेसको सिक्वेलमा अनिल कपुर र सैफअली खानसँग दीपिकाले अवसर पाएकी थिइन् । यो फिल्म पनि सय करोडको क्लबमा पर्न सफल भयो । एक सय दुई करोड फिल्मको कमाइ हो ।

बाजिराव मस्तानी

सन् २०१५ मा बलिउड बक्स अफिसमा सफल फिल्ममध्ये एक हो, बाजिराव मस्तानी । यो फिल्ममा दीपिकाको जोडी रणवीर सिंहसँग मिलेको छ । प्रियंका चोपडा पनि मुख्य भूमिकामै देखिन्छिन् । बाजीराव मस्तानीले एक सय ८० करोड कमाइ गरेको थियो ।

पद्मावती

दीपिका पादुकोण अहिले फिल्म ‘पद्मावत’का कारण चर्चामा छिन् । विवादबीच रिलिज यो फिल्मले आठौँ दिनमा एक सय ६६ करोडभन्दा बढी कमाइसकेको छ । पद्मावत दुई सय करोडको क्लबमा सामेल हुने बलिउड फिल्म विश्लेषकहरू बताउँछन् ।

Loading...