प्रचण्डलार्इ धम्की दिँदै ओलीले भने, ‘तिम्रा प्यादाले फेसबुकमा के लेखेको?’

काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् ।

प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या योजनाकार भएको उल्लेख गरेका थिए । प्रचण्डको सचिवालयबाटै त्यस्तो स्टाटस आएपछि एमाले नेताहरुलाई गम्भीर बनाएको छ । त्यसपनि पनि अध्यक्ष ओली त निकै गम्भीर भएको बताइएको छ ।

बालकोट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सचिवालका सदस्यमार्फत तिमिल्सिनाको स्टाटस शुक्रबार नै आफैले पढेका थिए । एमाले निकट दैनिक नेपालले उक्त स्टाटसबारे बनाइएको समाचार अध्यक्ष ओलीले पढेका थिए ।

“माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयबाट चरित्रहत्या हुने आएको स्टाटसबारे अध्यक्षलाई जानकारी गराएका थियौँ । आफै हेर्ने चाँसो राखेपछि समाचार नै देखायौं । आफै पढेपछि गम्भीर हुनुभयो” बालकोट स्रोतले भन्यो । ओलीले सुरुमा प्रचण्डका प्यादाले के लेखेको भन्ने सुनेको छु भन्दै स्टाटसबारे चाँसो राखेका थिए ।

स्टाटसपछि एक पटक माओवादी केन्द्रका अध्यक्षसँग फोन नभए तर के विषयमा कुरा भएको थाहा नभएको स्रोतले बतायो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वादेश फर्केपछि ओली र प्रचण्डबीच एक पटक फोन वार्ता भएको बताएको छ ।

एमाले अध्यक्ष ओलीलाई भारतका भक्त भनेको विषयमा एमालेका नेताहरुले आपत्ति जनाएका छन् । विशेष गरी ओली पक्षीय नेताहरुले त प्रचण्डले आफूजस्तै राष्ट्रघाती देखेको आरोप लगाएका छन् ।

प्रचण्डका प्रेस संयोजकले यस्तो लेखेका थिए

तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा ओली २०४६ देखि ०७२ सम्म भारतको भक्त भएको बताउँदै महाकाली सन्धीका प्रमुख योजनाकार भएको अारोप समेत लगाएका छन् । त्यसैगरी २०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता भएको तर २०७४ माघदेखि प्रधानमन्त्रीको लागि विदेशी हस्तक्षेप अामन्त्रण गरेको तिमिल्सिनाले बताएका छन् ।

संयोजक तिमिल्सिनाले ओलीको तीन रुप भएको उल्लेख गरेका छन् । उनले ओलीका तीन अवतार भन्दै लेखेका छन्-

१. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

२. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।

३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

तिमिल्सिनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भन्दै ओलीलाई कुकुरसँग तुलना गरेका छन् । प्रचण्ड सचिवालयबाटै यस्तो स्टाटस अाउनुलाई एमाले-माके एकता टाढा पुगेको अर्थमा हेरिएको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले एमाले र माकेको एकता नहुने पक्का भएपछि प्रचण्डले सचिवालयबाट अाक्रोस पोखेको बताएका छन् ।

सुष्मा स्वराजको नेपाल भ्रमणबारे बोल्यो माओवादी

माओवादी केन्द्रले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सामयिक नभएको टिप्पणी गरेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काम चलाउ सरकार रहेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रुपमा उपयुक्त नरहेको प्रतिक्रिया दिएकी छन । 

प्रवक्ता भुसालले निर्वाचनपछि नयाँ सरकार समेत नबनेको अवस्थामा छिमेकबाट उच्चस्तरीय भ्रमण हुनु स्वभाविकै भएपनि राजनीतिक तथा कुटनीतिक रुपमा भने उपयुक्त हुन नसक्ने तर्क गरिन् ।

विहिबार नेपाल भ्रमणमा आउनु भएकी भारतीय विदेश मन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि ‘वान टु वान’ वार्ता गरेकी थिइन् ।

नयाँ सरकारसँग सहकार्य गरेर अघि बढने सन्देश दिने उद्देश्यका साथ भएको भारतीय विदेश मन्त्री स्वराजको भ्रमण उपयुक्त समयमा नभएको कुटनीतिक वृतमा पनि चर्चा हुने गरेको छ ।

Loading...