सुष्मालार्इ भेट्न ओलीलगायत सबै नेताहरुको होटेलमा लस्कर

किन लम्पसार परे वेटिङ प्राइमिनिस्टरदेखि वहालवालासम्म

काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए ।

छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी रविभवन नजिक रहेकाे साेल्टी हाेटलमा बसेकी स्वराजलार्इ भेट्न अाेलीदेखि पुष्पकमल दाहाल, उपेन्द्र यादव लगायत ती दलका अधिकांश नेताहरु हाेटलमै पुगे । हाेटलमा धेरै नेता पुगे पनि भेटवार्ता भने सुष्माले थाेरै नेताहरुसँग मात्र गरिन् ।

स्वराजले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एक्लै बसेर कुराकानी गरेकी थिइन् । करिव पौने घन्टा एक्ला एक्लै बसेर भएकाे कुराकानीमा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर जिज्ञासा राखेको बताइएकाे छ । याे कुरा प्रचण्ड अाफैले बाहिर ल्याएका हुन् । तर, उनीहरुबीच अरु थप के के कुरा भयाे भन्ने बाहिर अाएकाे छैन ।

भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले निर्वाचनपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुराकानी भएको बताएका थिए । प्रचण्डले भने ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुरा भएको छ । उहाँले अब देश कसरी जाला भन्ने जिज्ञासा राख्नुभयो र हामी (वाम गठबन्धन) लाई बधाई र शुभकामना दिनुभयो ।’

साे प्रतिक्रियाका क्रममा प्रचण्डले स्वराजको नेपाल आगमनलाई आफूले सद्भाव भ्रमणका रूपमा बुझेको पनि बताए । तर, विवादत सम्बन्ध भएकाे देशकाे एउटा विदेश मन्त्रीसँग यसरी सबै नेताहरु खुरुखुरु गएर एक्लाएक्लै घन्टाै बसेर कुरा किन गरे भन्ने प्रश्नकाे जवाफ भने नेताहरुले दिएका छैनन । उनकाे भ्रमण सामान्य सद्भाव भ्रमण मात्र भए नेताहरुले याे स्तरकाे महत्व किन दिए । के सामान्य सन्चाे विसन्चाे अनि बधार्इ र शुभकामनाका कुरा मात्र गर्न एक्ला एक्लै घन्टाै बसेर कुरा गर्नुपर्छ ? नेताहरुकाे यही लम्पसार प्रवृतिका कारण नै नेपालमा बाह्य शक्तिले खेलिरहेकाे स्पष्ट हुन्छ । भाषणमा जतिसुकै फुर्ती हाँके पनि नेताहरु कति पानी मुनि छन भन्ने कुरा यसबाटै देखिन्छ ।

स्वराज नेपाल भ्रमण अाउनुअघि केपी अाेलीसँग भारतीय खुफिया एजेन्सीका प्रमुखले थाइल्यान्डमा भेट गरेकाे चर्चा अाएकाे थियाे । अाेली अाफ्नाे स्वास्थ्यकाे फलाेअप चेकअप गर्न थाइल्यान्ड गएकाे भनिए पनि यहाँसम्म अाइपुग्दा त्यसलार्इ मान्न सकिने ठाउँ देखिएन । उनकाे थाइल्यान्ड यात्रा भारतीय डिजाइनमै थियाे भनिन्छ । त्यस कुराकाे पुष्टि अाेलीले नै भनेकाे अभिव्यक्तिले पनि गर्छ । स्वराज नेपाल अाएलगत्तै अाेलीले अाफ्नाे निमन्त्रणामा उनी नेपाल अाएकाे प्रतिक्रिया दिएका थिए । तर, उनी अहिले त्यसरी निमन्त्रणा दिने सार्वजनिक अाेहाेदामा छैनन ।

स्वराजसँग प्रमुख राजनैतिक दलका नेताहरुले मात्र हाेइन प्रधानमन्त्री र राष्ट्रपतिले समेत गरे । स्वराज अरु सबै नेेताहरुलार्इ हाेटलमै भेटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ भेट्न उनीहरुकै निवास पुगिन । बालुवाटार निवासमा भेटवार्ता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्रीलार्इ भेटन पाउनु मेराे साैैभाग्य नै हाे भन्न भ्याए । याे कुरा उनले भेटपछि सञ्चारमाध्यमसँग पनि सेयर गरे । उनले भने, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट गर्न पाउनु हाम्रो सौभाग्य हो ।’ उनले याे कुरा अाफ्नाे फेसबुक पेजमै लेख्न भ्याएका छन् ।

प्रधानमन्त्रीसँग स्वराजले नेपालकाे राजनीतिक घटनाक्रमकै बारेमा साेधपुछ गरिन । उनले भेटमा अरुभन्दा बढी अागामी सरकार बनाउने बारेमा नै कुरा गरिन । नयाँ सरकार गठनका बारेमा कुरा गर्नुका साथै भारतले गर्ने सहयाेगकाे कुरा गरेर उनले सबैलार्इ बाँध्न निकै प्रयत्न गरिन । नयाँ सरकारमा अाउन चाहनेहरुलार्इ सहयाेग गर्ने अाश्वासनदेखि अरु सबै नेताहरुलार्इ पनि अरु सहयाेग गर्ने अाश्वासन दिएर स्वराजले अाफ्नाे प्रभावमा राख्ने प्रयत्न गरिन । त्यतिमै नेताहरु फुरुङ्ग भएकाे देखियाे ।

Loading...