फिडेल क्यास्ट्रोका छोराकाे रहस्यमय मृत्यु, क्युबामा पूरै शोक

काठमाडौं, १९ माघ । विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् ।

क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको विरामी थिए । डिप्रेसन भएपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो । चिकित्सकको निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् ।

उनी फिडेलीटोको नामबाट चर्चित थिए । तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए । डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने डाक्टरहरुको अनुमान छ

उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।

Loading...