भर्चुअल मुद्राको चिप निर्माण गर्दै सामसुङ

काठमाडाैं । विद्युतीय सामाग्री निर्माता कम्पनी सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने भएको छ । क्रिप्टोकरेन्सीकै संरचनामा चिप निर्माण भइरहेको कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

नयाँ प्रविधिलाई आत्मसात गर्दै चालिएको पछिल्लो कदमले नाफा बढाउन मद्दत पुग्ने दक्षिण कोरियाली कम्पनीको विश्वास छ । यसअघि सबैभन्दा महङ्गो चिप निर्माण गरेको इन्टेल कम्पनीको रेकर्ड समेत तोड्ने कम्पनीले दाबी गरेको छ ।

सामसुङले आगामी फेब्रुअरी २५ मा ग्यालेक्सी कढ स्मार्टफोन सार्वजनिक गर्ने समेत जनाएको छ । सामसुङको चौमासिक नाफा १ अर्ब ५० करोड डलर नाघेको छ ।

Loading...