स्टार फरवार्ड मेस्सीलाई मिड फिल्डबाट खेलाउने बार्सिलोनाको तयारी

काठमाडाैं, २९ असार । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको पोजिसन परिवर्तन गर्ने सम्बन्धमा कुरा हुन थालेको छ । बार्सिलोनाले उनलाई सेन्टर मिड फिल्डबाट खेलाउने तयारी गरिरहेको हो ।

बार्सिलोनाका डिफेन्डरहरु पनि मेस्सीलाई मिड फिल्डबाट खेलाउँदा खेल अझै सुधार हुने अपेक्षा गर्छन् । जेरार्ड पिकेले मेस्सीलाई मिड फिल्डबाटै खेलाउँदा पनि आफूहरुको खेलको तरीका भने परिवर्तन नहुने बरु अझ राम्रो हुने विश्वास राखे । बार्सिलोनाका नयाँ प्रशिक्षक एरनेष्टो वालवर्डे ३–४–३ को फर्मेसनमा खेल खेलाउने तयारीमा छन् । नयाँ फर्मेसनसँगै जेरार्ड डेउलोफ्युको आगमनले मेस्सीको पोजिसन परिवर्तनका सम्बन्धमा कुरा उठेको हो । मेस्सीलाई प्ले मेकरका रुपमा नयाँ जिम्मेवारी दिए बार्सिलोनाले अझै राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

‘हामी सबैको शारीरिक क्षमता पहिलेभन्दा केही कम भएको छ । यो समयसँगै सबै खेलाडीमा देखिने समस्या हो । कतिपय खेलाडीमा यो समस्या अरुमा भन्दा बढी छ । हामी भने हाम्रै तरीका कसरी बचाइराख्ने र राम्रो खेल खेल्ने भन्नेमा केन्द्रित छौँ’ पिकेले भने ।

Loading...