२२ वटा देशमा गएर विवाह गर्ने अनौठो निर्णय

काठमाडाै । मानिसका चाहना अनगिन्ती र अनाैठा हुन्छन् । एक जोडीले विश्वका २२ देशमा गएर विवाह गर्ने बताएका छन् । उनीहरुले समलिंगी विवाहलाई मान्यता दिने सबै देशमा पुगेर विवाह गर्ने निर्णय गरेका हुन् ।

४४ वर्षीया अमेरिकाकी कलाकार फ्लियुर पिरेट्स तथा बेल्जियमकी ३९ वर्षीया जुलियन अहिले लसएन्जल्समा बस्छन् । सन् २०१७ को सेप्टेम्बरमा न्युयोर्कमा विवाह गरेका यी जोडीले समलिंगी विवाहलाई मान्यता दिने २२ वटा मुलुकमा पुगेर विवाह गर्ने घोषणा गरेका थिए ।

विवाह गरेको केही समयमै जुलियन क्यान्सरको अन्तिम अवस्था पुगेको कुरा थाहा भयो । त्यो अवस्थासम्म पुग्दा उनीहरूले फ्रान्समा चौथो पटक विवाह सम्पन्न गरिसकेका थिए । सन् २०११ मा पहिलो पटक भेट भएका यी जोडीको धोकोका अगाडि जुलियनलाई लागेको क्यान्सर प्रमुख बाधक भएको छ । विवाहपछि फ्रान्समा गरिएको परीक्षणमा जुलियनको मस्तिष्क र मुटुमा ट्युमर देखिएको थियो ।

उक्त ट्युमरको फैलावट यति तीव्र रूपमा भैरहेको छ कि जुलियनको स्मरण क्षमता गुम्दै गएको छ भने उनको कम्मरमुनिको भागसमेत चल्न छाडेको छ । अहिले उनीहरूले चाहँदा–चाहँदै पनि आफ्नो विवाह अर्को गन्तव्यमा गएर गर्न सक्ने अवस्था छैन ।

Loading...