रोजगारीका लागि कतार गएका नेपालीले जिल्लामा पठाए एम्बुलेन्स

काठमाडाैं, १७ माघ । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीहरुले अाफ्नाे जिल्लाका लागि एम्बुलेन्स जुटाएका छन् । अाेखलढुङ्गाबाट कतारमा गएका नेपालीहरुले अाफ्नाे जिल्लालार्इ यस्ताे उपहार पठाएका हुन् ।

कतारमा रहेकाे अाेखलढुङ्गा एकता सेवा समात कतारले त्यहाँ रहेका नेपालीहरुबाट सहयाेग उठाएर जिल्लामा एम्बुलेन्स पठाएकाे हाे । उक्त एम्बुलेन्स जिल्लामा सञ्चालन गर्ने बताइएकाे छ ।

ओखलढुंगा एकता सेवा समाज कतारको अगुवाइमा उठेकाे ९ लाख ६७ हजार रकमकाे लागतमा एम्बुलेन्स खरिद गरिएकाे हाे । मंगलबार अाेखलढुङ्गाकाे सदरमुकाममा औपचारिक कार्यक्रम गरी ओखलढुंगा सेवा समाजलाई एम्बुलेन्स प्रदान गरिएको छ ।

उक्त संस्था मातहत सञ्चालन हुने एम्बुलेन्सको औपचारिक सुरुवात प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले गरेका थिए । एम्बुलेन्स प्रदान कार्यक्रममा बोल्दै सांसद सुनुवारले विदेशमा रगत र पसिना बगाएर जिल्लावासीलाई सम्झनु प्रशंसनीय काम भएको बताए । कार्यक्रममा ओखलढुंगा एकता सेवा समाज कतारका अध्यक्ष अशोक तामाङले पनि बाेलेका थिए ।

सेवा समाज कतारका अध्यक्ष अशोक तामाङले जिल्लाको सबै स्थानीय तहलाई एम्बुलेन्स दिने उद्देश्य रहेको बताए ।

Loading...