अब घरमै बसेर विश्वविद्यालयको डिग्री

काठमाडाैं, १६ माघ । अब घरमै बसेर विश्वविद्यालयकाे डिग्री पाइने भएकाे छ । नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले घरमै अध्ययन गरेर पीएचडीसम्मको डिग्री लिन पाउने भएका हुन् ।

नेपाल खुला विश्वविद्यालयले अब प्रविधि प्रयोग गररेर डिप्लोमादेखि पीएचडीसम्मको डिग्री दिने घरमै पढेर लिन पाउने व्यवस्था गरेकाे छ। याे विश्वविद्यालय नेपालमा पहिलाे पटक स्थापना गरिएकाे हाे ।

खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, मास्टर्स, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

Loading...