नगरपालिकाको बैठकमा उपमेयरले यस्तो लाजमर्दो चर्तिकला देखाएपछि सबै…

धनुषा, १५ माघ । आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् ।

बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्ताववमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरिन् । धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनले आरोप लगाइन् ।

नगर कार्यपालिकाको बैठकमा आफूले १० बुँदा राखे पनि बैठकको प्रस्तावमा एउटा पनि विषय उल्लेख नभएकोले माइन्युट च्यातेको बताइन् ।

‘मेरो अरु प्रस्ताव नभए गाडीको मात्रै भए पनि लेखिदिनुस्, म स्कुटी लिएर गाउँगाउँ कसरी जाने भनेँ । तर नगरसभा अगाडि केही पनि हुँदैन भन्नुभयो’ उनले भनिन्, ‘म सन्तुष्ट भइनँ । त्यसैले सिग्नेचर गर्दिन भनेर च्यातिदिएँ ।’

उपमेयरको चर्तिकलाको बारेमा त्यहाँका जनताले मिडियामार्फत थाहा पाएपछि उनलाई भोट दिएकोमा पछुताएक छन् । गाउँ र देश विकासका लागि भन्दै जनप्रतिनिधि बनेर भोट माग्न गएका उम्मेदवारहरुलाई जनताले विकासकै अपेक्षा गरेर जिताएका हुन् । तर तिनै जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि अनेक हर्कत देखाउन थालेपछि जनता वाक्कदिक्क बनेका छन् ।

यसअघि रोल्पामा २ जनप्रतिनिधिले आफ्ना आफन्तको नामबाट गाउँपालिकाको नाम राख्न खोजेपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए ।

Loading...