सहिद र वेपत्ता परिवारका नाममा करोडौ ठगी गर्ने सहकारीलार्इ कडा कारवाहीको चेतावनी

पाेखरा, १५ माघ । कास्कीकाे एक सहकारीले सहिद तथा वेपत्ता परिवारकाे ठूलाे रकम ठगी गरेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले त्यसबारे प्रश्न उठाएकाे छ । पाेखराकाे नयाँ बजारमा रहेकाे गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थाले सहिद तथा वेपत्ता परिवारकाे कराेडाै रकम ठगी गरेकाे नेकपा कास्कीले जनाएकाे छ ।

नेकपा कास्कीका सेक्रेटरी रूपेशले साेमवार एक विज्ञप्ती जारी गर्दै उक्त रकम तत्काल पीडित परिवारलार्इ नबुझाए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । उक्त सहकारीले सहिद तथा बेपत्ता परिवारका नाममा अक्षयकोष खोलेर ठगी गरेकाे हाे । उक्त अक्षयकाेष सहिद तथा वेपत्ता परिवारका बालबच्चाकाे शिक्षा एवम् परिवारका सदस्यकाे स्वास्थ्यमा खर्च गर्ने भनिए पनि कतै खर्च नगरी अाफ्नाे व्यवसायिक प्रयाेजनमा खर्च गरेकाे नेकपाले जनाएकाे छ । सहकारीले उक्त काेषकाे ब्याज समेत सम्बन्धितलार्इ नदिइ अहिलेसम्म सबै रकम अाफैले प्रयाेग गरेकाे जनाएकाे छ ।

नेकपा कास्कीले सहकारीमा राखिएकाे उक्त सावाँ रकम र ब्याज सम्बन्धित निकायमा तत्काल फिर्ता नगरेमा जनयुद्ध एवम् जनआन्दोलनका सहिद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

यस्ताे छ नेकपा कास्कीले निकालेकाे विज्ञप्तिको पूर्ण पाठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट तात्कालीन संविधानसभाको सदस्य रहेका करिब दुई दर्जन संविधानसभा सदस्यले प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले सहिद तथा बेपत्ता परिवारको शिक्षा एवम् स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उद्देश्यले अक्षयकोष स्थापनार्थ एक करोड रुपैयाँ रकम सङ्कलन गरिएको थियो । त्यो रकम पोखराको नयाँबजारस्थित गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थामा खाता खोली अक्षयकोष स्थापना गरिएको थियो ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट सहिद तथा बेपत्ता परिवारको शिक्षा एवम् स्वास्थ्यमा खर्च गरिनुपर्नेमा उक्त सहकारीले समयमा नै ब्याज नदिएपछि विगत दुई वर्षदेखि सम्बन्धित पक्षले अक्षयकोषबापतको रकम फिर्ता माग गर्दै आएकोमा उक्त गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थाले बेवास्ता गरेकाले उचित कारबाही गरिपाऊँ भनी हाम्रो पार्टीमा उजुरी दिएका छन् । यस उजुरीप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।

उक्त मुद्दतीको साँवा रकम यथाशीघ्र सम्बन्धित निकायमा फिर्ता नगरेमा जनयुद्ध एवम् जनआन्दोलनका सहिद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै हाम्रो पार्टी थप सङ्घर्षको कदम अघि बढाउन बाध्य हुने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौँ । अन्त्यमा हाम्रो पार्टी सहकारीका सञ्चालक, सहकारी डिभिजन कार्यालय कास्की, आम सञ्चारकर्मी एवम् मानवअधिकारवादी सङ्घ–संस्था र न्यायप्रेमी जनसमुदायमा यस्ता खालको गलत कामको भण्डाफोर र पीडितको न्यायका पक्षमा ऐक्यबद्धताका निम्तिसमेत विशेष आह्वान गर्दछौँ ।

रुपेश

सेक्रेटरी

नेपाल कम्युनिस्ट पार्टी

कास्की

Loading...