नेकपाले सुरु गर्यो तीन महिने जनजागरण तथा भण्डाफोर अभियान

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे । 

साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । राजधानीकाे रत्नपार्कबाट अभियान उद्घाटन गरिएकाे हाे । अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री, अाजाद केसी, मकर गुरुङ लगायत सयाै नेता कार्यकर्ता उपस्थित भएका थिए । 

कार्यक्रममा बाेल्दै नेताहरुले शेरबहादुर देउवा नेतृत्वकाे सरकार राष्ट्रियता, जनजीविकाप्रति सरकार गैरजिम्मेवार भएको बताए । कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)की महासचिव धिरिन्द्रा उपाध्याया, अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले पनि सम्वाेधन गरेका थिए । उनीहरुले राजधानीकाे अस्तव्यस्त विकासका कारण धुँवा र धुलोले जनता हैरान भएकाे तर यस्ताे हुँदा पनि सरकारले बेवास्ता गरिरहेको बताउँदै यसलार्इ राेक्ने उपायकाे खाेजि गर्न माग गरे । 

नेताहरुले याे अभियानको क्रममा भारतले हस्तक्षेप गरेको सीमासम्म पुग्‍ने बताए । अभियानसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने नेकपाका नेताहरुले बताएका छन् ।

त्यसैगरी अभियानकाे उद्घाटनका क्रममा पूर्वी नेपालकाे झापा र पूर्वी तरार्इकाे धनुषामा पनि नेकपाले सभा सम्पन्न गरेकाे थियाे । झापाकाे सभालाई नेकपाका केन्द्रीय सदस्य निर्मलले सम्बोधन गरेका थिए भने धनुषामा अायाेजित सभालार्इ पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहले सम्वाेधन गरेका थिए ।

त्यसैगरी अाजै चितवनमा पनि एक सभाका साथ अभियानकाे उद्घाटन गरिएकाे छ । चितवनकाे सभालार्इ केन्द्रीय सदस्य माेहलाल चन्दले सम्वाेधन गरेका थिए । त्यसैगरी तनहुँ, बाग्लुङ, पाल्पा, बुटवल, कपिलवस्तुमा पनि छुटटा छुट्टै सभा सम्पन्न भएका छन् ।

Loading...