राजधानीमै फिल्मी शैलीमा दिउसै सात लाख ठगी

भक्तपुर, १५ माघ । भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका शेर्पाकाे ७ लाख रकम अपरिचित व्यक्तिले सजिलै लगेर हिडेपछि उनी अहिले हैरान भएका छन् ।

मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल नजिकैबाट शेर्पा ठगिएका हुन् । शेर्पा काेरियन भाषा सिकाउने शिक्षक भएकाे प्रहरीले बताएकाे छ । साेमवार उनी भक्तपुर ठिमी पुगेका थिए । उनकाे साथमा रहेकाे ७ लाख रुपैयाँ सिन्धुपाल्चाेक बाह्रबीसे घर बताउँदै सुजन खड्काले लिएर एकाएक फरार भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार एक मध्यस्थकर्ताले शेर्पालार्इ डलर साटिदिने भन्दै सुजनसँग भेट गराएका थिए । मध्यस्थकर्तासँगै अाएका सुजनले शेर्पाकाे साथमा रहेकाे सात लाख रकम अाफूसँग राखेकाे र एउटा प्लास्टिककाे झाेलामा डलर छ भनेर शेर्पालार्इ थमाएका थिए । प्लास्टिककाे झाेला थमाए लगत्तै उनी फरार भएका थिए । शेर्पाले प्लास्टिककाे झाेला खाेली हेर्दा त्यसमा केही भेटेनन । उनले लगत्तै प्रहरीलार्इ खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी टाेली घटनास्थलमा पुगे पनि फरार रहेका ठगकाे केही सूचना पाउन नसकेकाे पीडितले बताए । उता महानगरीय प्रहरी बृत ठिमीका प्रहरी नायव उपरिक्षक प्रज्वल महर्जनले ठगकाे खाेजि भइरहेकाे बताएका छन् ।

Loading...