प्रदेश २ मा फोरम नेतृत्वमा सरकार बन्ने

काठमाडौं, १५ माघ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालको नेतृत्वमा सरकार बन्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले सो दावी गरेका हुन् ।

प्रदेश नम्बर २ मा सबैभन्दा ठूलाे पार्टी राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल हाे । तर, राजपाले सरकार बनाउन नसकेका कारण अब अाफूहरुले बनाउने निश्चित भएकाे नेता यादवकाे भनार्इ छ । यादवले भने, ‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन् ।’
प्रदेश नम्बर दुई सबैभन्दा बढी पिछडिएको क्षेत्र भएकाले त्यहाँ बन्ने सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने यादवको स्पष्टोक्ति थियो । उनले भने, “सबैभन्दा कम स्रोत साधन भएको, पिछडिएको र सिंहदरबारले उपेक्षा गरेको प्रदेश २ नम्बर हो, आर्थिक पछौटेपन, गरिबी र बेरोजगारी ज्यादा भएकाले आर्थिक विकासको आवश्यकता छ ।”
प्रदेश नम्बर दुईको विकासका लागि केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । “गणतन्त्र नेपालमा पनि त्यहाँ ध्यान नपुगे कहिले पुग्छ ?” उनको प्रश्न थियो ।

Loading...