एमाले र माओवादी केन्द्रको संयुक्त बैठक सिहंदरबारभित्र

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिं‌हदरवारमा बसेकाे हाे ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले विशेष निर्देशन दिने पनि बताइएकाे छ ।

यसअघि कार्यदलकाे बैठकले प्रदेश सरकार गठनका सम्बन्धमा सहमतिकाे खाका काेरेकाे थियाे । उक्त खाका पार्टी नेताहरुमा पठाइएकाे छ ।

Loading...