ड्युटीमै रहेका सुरक्षा गार्ड तुलबहादुर तामाङको हत्या

काठमाडाैं । इस्टवेस्ट सेक्युरिटिका सुरक्षा गार्ड तुलबहादुर तामाङको गएराति हत्या भएको छ । ड्युटीमै रहेका बेला धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको हो ।

दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तामाङलाइ गएराति करीब १ बजेतिर असननजिकै मच्छिन्द्रबहालमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट देखिएको थियो । अत्यधिक रक्तश्राबका कारण करीब २ बजेतिर तामाङको मृत्यु भएको अस्पतालले घोषणा गर्यो ।

सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नहरुको खोजी भैराखेको प्रहरीले जनाएको छ ।

Loading...