सन्दिप बने क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएलमा खेल्ने पहिलो नेपाली

काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले महत्वपूर्ण फड्काे मारेका छन् । सन्दिपले क्लब क्रिकेटकाे सबैभन्दा ठूलाे प्रतियाेगिता अाइपिएलमा खेल्न पाउने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अाइपिएलका लागि अनुबन्धीत गरेको हाे । भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्ली डेभिल्सले २० लाखमा किनेको थाहा भएकाे छ ।

सन्दिप आइपिएलमा पर्ने पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली सार्वजनिक हुँदा सन्दिप २ सय ७६ नम्बरमा परेका थिए। सन्दिपको मुल्य २० लाख भारतीय रुपैयाँ राखिएको थियो।

Loading...