दुर्इ शताब्दीसम्म पनि भानुभक्त उत्तिकै चर्चित

काठमाडौं, २९ असार । अादिकवि भानुभक्त अाचार्यको स्मृतिमा देशभर २ सय ४ अाैं जन्मजयन्ती मनाइदैछ । दुर्इ शताब्दी लामो समयसम्म पनि कवि भानुभक्त उतिकै सशक्त छन र अाम नेपालीभाषी माझ चर्चित छन् ।

तनहुँकाे चुँदी रम्घामा जन्मिएका भानुभक्त नेपाली भाषा साहित्यका आदिकवि मानिन्छन । उनी वि.सं. १८७१ साल असार २९ गते उनकाे जन्म भएकाे थियाे । भानुभक्तले ‘अध्यात्म रामायण’को नेपाली भाषामा माैलिक शैलीमा भावानुवाद गरेका थिए । साथै उनले अन्य थुप्रै कविताहरु लेखेर नेपाली भाषा साहित्यमा ठूलाे याेगदान पुर्याएका थिए ।

भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको रामायणका श्लोक आज पनि नेपाली समाजमा निकै लोकप्रिय छन् । उनका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतालगायत तथा धेरै फुटकर कविता प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूला प्रेरणा रहेको मानिन्छ ।

भानुजयन्तीकाे जन्मजयन्ती अवसरमा अाज असार २९ गते देशका विभिन्न भागमा विशेष कार्यक्रम अायाेजना गरिए । थुप्रै विद्यालयहरुमा भानुक्तीय श्लाेक र उनकाे शैलीका कविता प्रतियाेगिता गरिएका छन् । नेपाल बाहेक भारतको दार्जिलिङ, सिक्कीम, असाम लगायत ठाउँमा पनि भानुभक्तको ब्यक्तित्व र कृतित्वको चर्चा गर्दै विभिन्न कार्यक्रम अायाेजना गरिए ।

भानुभक्तका केही कविता यस्ता छन्

एक दिन नारद् सत्य लोक पुगिगया लोकको गरौ हित भनि
ब्रम्ह्मा ताहि थिया पर्या चरनमा खुशी गराया पनि
क्या सोद्छौ तिमी सोध म भन्च्छु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्माको करुना भजेर रिसिले बिन्ति गर्या यो तसै ।

हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया म यो गर्दछुु
आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
गन्र्याछन सब पाप पनि सरलका निस्काम तिमा गइ ।

साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परत्रिमा रत हुनन कोही त हिम्सा महा
दिनइलाई त आत्मा जानि रहलान् नत्तिक पसु झहि कहा ।

भरजन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

कतिका दिन याहिँ बिते सुखले
यतिका कविता रचिए मुखले ।

अब झल्झल भो म भुलूँ कसरी
अमरावति कान्तिपुरी नगरीू
कहीं घर्घर ज्यावल मेशिनको
कहीं चिर्वीर गान् रसिला चरिको
हरियो गहुँ झुल्दछ फाँटभरी
अलकापुरि कान्तिपुरी नगरी ।

कटि कूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रति
सँगमा छ युवादल वरिपरि
अमरावति कान्तिपुरी नगरी ।

मृत मूषिकको बुटि झर्छ जहाँ
हिँड्दा डुलँदा टुपि जल्छ जहाँ
कुतिको कलरव् अँझ ओरिपरि
अमरावति कान्तिपुरी नगरी ।

थलियाभरि पस्कि झिँङ्गालु रस
अटियाउपरै कुतिसाथ बस
खूब खाऊ चपाउ पिऊ सुमरी
अलकापुरि कान्तिपुरी नगरी ।

एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भरनाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।

लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि।

की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

Loading...