४ वटा मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटा माकेलाई बाडँफाड गर्नेगरी कुरा मिल्यो

२ नम्बर प्रदेश बाहेकमा बहुमत पाएको बाम गठबन्धनले प्रदेश सरकार बनाउन सहमती गरेको छ । ६ प्रदेश मध्य ४ वटाको मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटाको माओबादी केन्द्रलाई बाडँफाड गर्नेगरी कुरा मिलेपछि सहमती भएको हो ।

पार्टी प्रभावको आधारमा प्रदेश नम्बर १ , ३ ,४ र ५ एमालेलाई परेको छ । यसमा मुख्यमन्त्री र सभामुख दुवै एमालेले पाउने भएको छ भने प्रदेश नम्बर ६ र ७ माओबादी केन्द्रको पोल्टामा परेको छ । यसमा मुख्यमन्त्री र सभामुख माओबादी केन्द्रबाट हुने भएका छन ।

उपसभामुख भने एमालेले २ माकेले ४ पाउने सहमती भएको छ । एमालेले सभामुख पाएको ४ वटा प्रदेदेशामा माकेका उपसभामुख हुने र माकेको सभामुख रहने २ प्रदेशमा एमालेले उपसभामुख बनाउने बताइएको छ ।

प्रदेशमा प्रतिनिधि संख्याको आधारमा कम्तीमा ७ र बढीमा ११ मन्त्री बनाउने सहमति पनि भएको छ । सबैभन्दा थोरै मन्त्री प्रदेश ६ मा हुनेछन भने सबैभन्दा धेरै १ र ३ मा देखिएको छ । मन्त्रीहरु मुख्यमन्त्री र संसदीय दलको नेताको सहमतिमा मन्त्रीहरु चयन गरिने पनि सहमती बनेको बताइएको छ ।

Loading...