दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न

     

   माघ १३, काभ्रे
नेपाल एकायन कराते संघको आयोजनामा २०७४ माघ १२ र १३ गते दुई दिन भएको दोस्रो राष्ट्रिय खुल्ला एकायन कराते प्रतियोगिता माघ १३ गते शनिवार सम्पन्न भएको छ ।  शुक्रबार सुरु भएको प्रतियोगितामा सातै प्रदेशका खेलाडी बीच प्रतिस्प्रधा रहेको थियो ।

७ प्रदेशका बिभिन्न शाखा बाट भाग लिएको उक्त प्रतियोगितामा पुरुष र महिला गरि १२० जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ ३० केजी मुनि तौल समूह, ३५ केजी मुनि तौल समूह, ४० केजी मुनि तौल समूह, ५० केजी मुनि तौल समूह, ५५ केजी मुनि तौल समूह र पुरुष खुल्ला तौल समूह र महिला ४५ केजी मुनि तौल समूह, ४५ केजी माथि तौल समूहमा भएको थियो ।
 
 

प्रतियोगितामा पुरुष ३० केजी मुनि तौल समूहमा एलिस राई(काठमाडौं) प्रथम, अनिज क्षेत्री(काठमाडौ) द्वितिय, कृष्ण भुषाल(पर्वत) तृतिय र शुशान्त कुमार यादव चौथा भएको थियो । त्यसैगरी पुरुष ३५ केजी मुनि तौल समूहमा विकास शाही(बाके), सोम घले(धादिङ), दिछाल मगर(भोजपुर), र उज्वल दर्नान(धरान) क्रमश ः प्रथम, द्वितिय, तृतिय र चौथो भएको थियो । ४० केजी मुनि तौल समूहमा प्रथम मुस्कान पुन मगर(काठमाडौं), द्वितिय सुबास शाही(बाँके), तृतिय शिवा गुप्ता(बाँके) र चौथो सनी तामाङ्ग(काभ्रे) भएको थियो । त्यसैगरी पुरुष ५० केजी मुनि तौल समूहमा सजिन महर्जन(काठमाडौं) प्रथम, संन्तोष श्रेष्ठ(काठमाडौं) द्वितिय र जनिप परियार(मकवानपुर) तृतिय भएको थियो । ५५ केजी मुनि तौल समूहमा सुरेश मगर(महोत्तरी), मिलन बस्नेत(गोर्खा), जयमान तामाङ (नुवाकोट) र बिशाल थापा(बाग्लुङ) क्रमश ः प्रथम, द्वितिय, तृतिय र चौथा भएका थिए । पुरुष ५५ केजी माथि तौल समुहमा किशोर पाख्र्रिन(काठमाडौ)प्रथम, निकिल बोगटी(काठमाडौं)द्वितिय, अन्सुमन चौधरी(बर्दिया)तृतिय र विजय तामाङ्ग(नुवाकोट)चौथो भएका थिए ।
महिला तौल समूह अन्र्तगत ४५ केजी मुनि तौल समूहमा मनिसा घले(धादिङ)प्रथम, सल्मा खातुन(पर्सा) द्वितिय, विधाता राई(भोजपुर) तृतिय र सोनाम तामाङ(धादिङ) चौथा भएकी थिइन । त्यस्तै ४५ केजी माथि तौल समूहमा सोनी लगुन(काठमाडौं) प्रथम, आयुषा महर्जन(काठमाडौ) द्वितिय, प्रकृति स्थापित(काठमाडौं) तृतिय र सुजाता सुन्दास(मकवानपुर) चौथा भएकी थिइन ।
बनेपा नगरपालिकाका मेयर लक्ष्मी नसिङ्ग बाडे श्रेष्ठको प्रमुख अतिथिमा उद््घाटन भएको प्रतियोगिता एकायन करातेका संस्थापक(जन्मदाता) श्रीकृष्ण डंगोलको सभापतित्वमा सम्पन्न भएको थियो ।   

मेयर  श्रेष्ठले कार्येक्रमको उत्घाटन गर्दै खेलकुद र खेलाडी स्तरउन्नतिका लागि आफ्नो क्षेत्र बाट सदैव साथ सहायो रहने बताउनु भएको थियो ।

 नेपाल एकायन कराते संघ काभ्रे जिल्ला संघका अध्यक्ष सुनिल तामाङको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगितामा निर्णयाधिसमा राजेन्द्र शाक्य रहनु भएको थियो भने मुख्य निर्णायकमा श्रीजन अधिकारी रहेको थियो भने निर्णायकहरुमा विष्णुमान शाक्य, सुजित श्रेष्ठ, भरत धौलाकोटी, तिर्थराम चिडियामार र निशान्त ठाकुर रहेको थियो । उक्त प्रतियोगितामा काभ्रे मण्डन देउपुर नगरपालिकाका मेयर तोप बहादुर वाईवाले विजयी खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।  

Loading...