नेपाल भाषामा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई लक्ष्मीनारायण–पुनमाया सिरपाः’सम्मान

 

  माघ १३ , काठमाडौँ /

समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा यस बर्षको एसईई परीक्षामा नेपालभाषा विषय लिएर उत्कृष्ट अंक सहित उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ ।
यस बर्ष सबैभन्दा धेरै ३.६ अंक ल्याउन सफल काठमाडौँको शान्ति निकुञ्ज मा.वि.का सचिन कारंजितलाई मुख्य अतिथि संस्कृतिविद् शताब्दी पुरुष डा.सत्यमोहन जोशीं ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः ’ मेडलका साथ ,नगद प्रमाणपत्र संगै  पुरस्कारबात सम्मान गरेको छ ।
 पुरस्कार कोषका अध्यक्ष संस्कृतिविद् प्रा.डा. चुन्दा बज्राचार्यको सभाअध्यक्षमा जगतसुन्दर ब्वनेकुथि स्कुलका प्रधान अध्यापक सुनिता मानन्धरले स्वागत मन्तव्य राखनुभएको थियो ।

कार्येक्रममा काठमाडौँ क्षेत्र नम्बर ८ का प्रदेशसभाया सांसद राजेश शाक्य, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व राज्यमन्त्री दिलीप महर्जन, नेपाली कांग्रेसया नेता तथा पूर्व राज्यमन्त्री तिर्थराम डंगोल अतिथिका रुपमा सहभागी रहनु भएको थियो ।

यस बर्ष विभिन्न बिद्यालय बाट नेपालभाषा विषय छानी अध्यन गरेका १३ जना बिद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका हुन् ।

सस्थाले “ने.सं. ११३१ बि स २०६९ बात  सम्मान पुरस्कार दिदै आएकाे छ ।

फोटो ;- बुद्ध शरण शाही

Loading...