अबैध सम्बन्ध बनाएका देवर-भाउजुलाई सर्वस्वसहित जेल सजाय

पर्वत. १३ माघ । देवर-भाउजुले आफ्नो अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको प्रमाणित भएपछी दुबैजनालाई जेल चलान गरिएको छ । शुक्रवार पर्वत जिल्ला अदालतले उनीहरु दुबैलाई अपराधी करार गर्दै कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश ध्रुब प्रसाद सापकोटाको इजलासले शिशु हत्या गर्ने भाइजु मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र देवर विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरेको छ ।

फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीसंग अनैतिक सम्बन्धबाट शिशु जन्मिएपछि नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर मीना आफ्नै देवरसँग मस्तीमा डुबेकी थिइन् । श्रीमान् र दाजुलाई दिएको धोका लुकाउन ‘हत्या’जस्तो जघन्य अपराध गर्न समेत पछि नपरेका यी दुई देवर भाउजुले कलंकको टीका लगाउदै बाकी जीवन जेलमा बाच्नुपर्नेछ ।

Loading...