नेपाल लेखक संघकोअध्यक्ष तथा माके केन्द्रिय सदस्य भण्डारीद्वारा पार्टी परित्याग

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंगको एकतामा असहमती राख्नेहरु ‘छुट्ने’ बताइरहदा एक केन्द्रिय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अखिल नेपाल लेखक संघका अध्यक्षसमेत रहेका माओबादी केन्द्रका केन्द्रिय सदस्य बिष्णु भण्डारीले पार्टीमा नरहने घोषणा गरेका हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत नेता भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले पार्टीले क्रान्तिका बाकी कार्यभार पुरा नगर्ने निष्कर्ष निकाल्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले कुरा सिद्धान्त र सपनासँग सम्बन्धित भएकोले पार्टीका सबै पदहरुबाट अलग्गिएको भनेका छन ।

नेता भण्डारीले पहिला हिरा र पछि किरा भन्नुको अर्थ नरहने भन्दै कसैप्रति आफ्नो केहि गुनासो नरहेको जिकिर समेत गरेका छन् । भण्डारी अखिल नेपाल लेखक संघको अध्यक्ष बाट राजिनामा दिए संगै समाजवादी लेखक सङ्घमा आवद्ध भएका छन ।

हेर्नुस उनको फेसबुक स्टाटस

Loading...