भक्तपुरमा भएको सडक दुर्घटनामा बनेपाका मानन्धरको मृत्यु

मोटरसाइकल ट्याक्सीमा ठोक्किएर भक्तपुरको सृजनानगरमा सल्लाघारीका ३५ बर्षिय रोशन बस्नेतको मृत्यु भएको एक साता नबित्दै बुधबार साँझ भएको सवारी दुर्घटनामा अर्का एक युवाले ज्यान गुमाएका छन ।

सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बुधबार साँझ ८:३५ बजेको समयमा स्कुटर र ट्रक ठोक्किदा स्कुटर चालक ३९ बर्षका प्रकाश मानन्धरको मृत्यु भएको हो । काभ्रेको बनेपा नगरपालिका–६ घर भएका मानन्धरको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटर विपरित दिशाबाट आइरहेको ना ६ ख ५९१९ नं को मालबाहक ट्रकसंग ठोक्कीएपछि गम्भीर घाइते स्कुटी चालक मानन्धरलाइ भक्तपुर अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई साँझ नै मृत घोषणा गरेको प्रहरीले जानकारी गराएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

पछिल्लो समय भक्तपुरमा सडक दुर्घटनाको समाचारले मानिसहरु त्रस्त बनेका छन् । साँझको समयमा तिब्र गतीका कारण दुर्घटना बढेको प्रहरीको दावी छ तर

Loading...