चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न 

पहिलाे कार्यक्रम यही माघ २० गते

 

 
 
पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वाेत्कृट प्रतियाेगीका लागि २४ इन्चकाे चेज लिड टेलिभिजन प्रदान गरिनुका साथै १ वटा गीत रेकर्डिङ्गको पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट ५ मा पर्न सफल अन्य ४ गायक गायिकाहरुका लागि समेत नेपालभाषाको गीत रेकर्डिङ्गको पुरस्कार प्रदान गरिनेछ भने निर्धारित अवधिसम्म फेसबुकमा सबैभन्दा बढी हेरिएको कभर गीतलाई २४ इन्चको चेज लिड टेलिभिजन पुरस्कार प्रदान गरिनेछ । ७७,८१७ भ्यूजका साथ गायिका सुमन मानन्धरले प्रथम स्थान हासिल गर्नुभएको छ भने यही अवधिसम्म भ्यूजका आधारमा टप ६ मा सजेना चित्रकार (७ बर्ष) को गीत ५७,४९९ पटक हेरिएको छ । यसरी नै मन्जिल शाक्यको भिडियो ४८,०९९ पटक हेरिएको छ भने राजु बज्राचार्य (दथुलँ) ले गाउनु भएको गीत ४४७३१, अमोघवीर बज्राचार्ययको ४०९५१ छ भने विधान तुलाधर (१० बर्ष) को गीतको भ्यूज ३२,२६९ रहेको छ  । 
 मंगलधूनको लयमा निर्माण भएको बूदिंया भिंतुना (नेपालभाषाको जन्मदिनको शुभकामना गीत) लोकप्रिय संगीतकार एवं संगीत संयोजक जुगल डंगोलको संगीत संयोजनमा सार्वजनिक भएको हो । यो गीतको कभर गायक गायिकाहरु मध्येबाट उत्कृष्ट ५ को छनौट भने निर्णायक समूहले गर्नेछ । उत्कृष्ट ५ का लागि गायक तथा रचनाकार बज्राचार्यको शब्द र संगीतकार जुगल डंगोलको संगीतमा नेपालभाषाको गीत रेकर्डिङ आर्टोम्यूज रेकर्डिङ स्टुडियोले गरीदिनेछ । 
जन्मदिन संस्कृतिमा अन्य भाषा र संस्कृतिको प्रभाव हटाउने तथा नेपालभाषाको सांगीतिक क्षेत्रमा नयाँ गायक गायिकाहरुको आगमन सहज बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा  उत्कृष्ट ५ को घोषणा कार्यक्रमका बारे पछि जानकारी गराउने आयोजकले जनाएको छ । 
पहिलाे कार्यक्रमका रूपमा भने यही माघ २० गते विहान ८ बजे नेपाः बैंक्वैट, खुसिबुँ, नयाँबजारमा  प्रतिस्पर्धी भेटघाट, प्रमाणपत्र वितरण तथा पत्रकार सम्मेलनको आयोजना गर्ने उल्लेख गरेको छ । 
यस प्रतियोगितामा सहभागीहरु सजगता मानन्धर (५ बर्ष), सुविन्या डंगोल (५ बर्ष), सार्थक नकःमि (६ बर्ष), दिक्षा शाक्य (६ बर्ष) , तिमिलाजः महर्जन (६ बर्ष), सजेना चित्रकार (७ बर्ष), लुँस्वां मानन्धर (७ बर्ष), आलोक महर्जन (८ बर्ष), सरिना श्रेष्ठ (८ बर्ष), अनुष्का महर्जन (८ बर्ष), देशना देशार (८ बर्ष), प्रतिज्ञा बज्राचार्य (९ बर्ष), प्रतिष्ठा बज्राचार्य (९ बर्ष),  रक्षा महर्जन (९ बर्ष), इशिका महर्जन (९ बर्ष), आकृति महर्जन (९ बर्ष), आकृति (झल्झली) महर्जन (९ बर्ष), बिधान तुलाधर (१० बर्ष), सचेतना मानन्धर (१३ बर्ष), रबिनसन कसाः, अमोघबीर बज्राचार्य, भुपेन शाक्य, बन्धुदत्त बज्राचार्य, चन्द्र देबी शाक्य, बीरेन्द्र मान शाक्य, विनय राजोपाध्याय, हेम रत्न शाक्य, चिधिबाबु शाक्य, ज्याक महर्जन, किर्तिसुदन जोशी, निरोज महर्जन, मन्जिल शाक्य, प्रतिमा बज्राचार्य, पुष्परत्न बज्राचार्य, राजिव योगल श्रेष्ठ, रमेश महर्जन, रत्नसम्भव शाक्य, रत्नशोभा बज्राचार्य, ताराराम मुनकर्मी, सुरेन्द्रराज बज्राचार्य, राजु बज्राचार्य, सुमन मानन्धर, सुबि श्रेष्ठ, रमा महर्जन, लोकराज बज्राचार्य, रुपा श्रेष्ठ न्यांछ्यों, सबिन डंगोल, बिगेन तुलाधर, न्युइरा बज्राचार्य, सेटिस्फाई महर्जन, ज्ञानेन्द्र राज बज्राचार्य, बिपिन शाक्य, रेश्मा शाक्य, लजना मानन्धर, राजेन्द्र बज्राचार्य, बिजय कुमार श्रेष्ठ, दिपेश महर्जन, अमिता महर्जन ‘लूमिला’, ऋतु तण्डुकार रोविनशन, राजु बज्राचार्य (दथुलं शंखमुल), श्रीजना शाक्य, सबना बज्राचार्य, शुशिला मानन्धर,  मिनर्वा राजोपाध्याय, पुष्प राज शाक्य, पुष्प मानन्धर, दया बज्राचार्य, शारदा श्रेष्ठ, सिद मानन्धर, जयन्द्र ताम्राकार, सन्जिव शाक्य, रेइना महर्जन, हरिकृष्ण महर्जन, तोषण शाक्य, नदिम शाक्य, रोशन श्रेष्ठ, प्राप्ति मानन्धर, शर्मिला शर्मा राजोपाध्याय, अनिल तुलाधर, राजेश्वरी राजोपाध्याय, मणिका शर्मा राजोपाध्याय, उजं शाक्य, कल्पना श्रेष्ठ, रमिता बज्राचार्य, उत्तम महर्जन, मैयाँ बज्राचार्य, पारस बज्राचार्य, कुशुम शाक्य, वीरेन्द्र बज्राचार्य, रिया (सजना) शाक्य, विश्वराज लवट, रेश्मा शाक्य (हःखा, यल), गीता सिख्राकार, मुकेश शाक्य, कृष्ण महर्जन, निर्मला शाक्य, प्रविन शाक्य, गंगादेवी महर्जन, नविन थेच्वमि, सुदीज बज्राचार्य, उजय शाही, रोजी बज्राचार्य, अनिषा श्रेष्ठ, किरण चित्रकार, पूर्णकुमार अवाले, आशाराम महर्जन, रत्नमान महर्जन, भूवनराज शाक्य, शुशिला श्रेष्ठ, निशान्त श्रेष्ठ, बिन्दुलाल जोशी, रमा बज्राचार्य, निर्मल महर्जन, प्रदिप बज्राचार्य, केशरी बज्राचार्य, न्हुच्छेराज शाक्य, पूर्ण शाक्य, सुमित्रा महर्जन, राजु शाक्य, परमेश मल्ल, राजेश महर्जन सहभागी छन् । प्रतियोगीहरुको समूहमा १९ बालबालिकाहरु सहभागी छन् भने प्रतिस्पर्धामा समावेश नभएको ३ बर्षीय अपूर्व शर्मा राजोपाध्यायायले पनि यो गीत गाएर सबैलाई अच्चमित पारेका छन् । देश विदेशबाट सहभागिता रहेको यस प्रतिस्पर्धामा नेपालभाषा बोल्ने नजान्ने प्रतिस्पर्धीहरुको उत्साहजनक सहभागिता पनि सफलताका रुपमा चर्चा भइरहेको छ । 
Loading...