सुदुरपश्चिमेली समाज जापानको अधिवेशन फेब्रुअरी चार तारिख टोकियोमा हुँदै

सुदुरपश्चिमेली नेपाली समाज जापानको पाचौ अधिवेशन टोकियोमा हुने भएको छ ।

अधिवेशन फेब्रुअरी ४ तारिख आइतवारका दिन शिन्जुकु कु को ओकुबो स्थित काठमान्डौ लन्च रेष्टुरेन्टको हलमा आयोजना गरिएको छ ।

अधिवेशन दुई चरणमा गरिने समाजका अध्यक्ष पूर्ण चलाउनेले बताएका छन । पहिलो चरणमा बन्द सत्र र दोश्रो चरणमा खुल्ला सत्र हुनेछ । बन्द सत्र बिहान ११ बजे देखि र खुल्ला सत्र अप्राहन्न ३ बजे देखि हुने पनि अध्यक्ष चलाउनेलेले जानकारी दिए ।

अधिवेशनमा सहभागिताका लागि समाजले जापानमा रहेका सबै सुदुरपश्चिमेलीका साथै सबै सामाजिक संघ संस्थालाई हार्दिक अपिल पनि गरेको छ ।

समाजको पाचौ अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्नेछ ।कार्यसमितिको बिभिन्न पदमा उम्मेद्बारी आईरहेको पाचौ अधिवेशन निर्वाचन कमिटिका संयोजक पदम ठगुन्नाले बताए ।
समाजका निबर्तमान अध्यक्ष चलाउने समाजको अध्यक्षको जिम्मेवारी दोहोर्याउने पक्षमा नरहेको पनि बुझिएको छ ।आफ्नो दुई बर्षे कार्यकाल पुरा गरी चलाउनेले जिम्मेवारी हस्तान्तरण गर्दैछन ।

पाचौ अधिवेशनले समाजका निबर्तमान उपाध्यक्ष एकेन्द्र थापालाई अध्यक्ष बनाउने प्रयास गरिरहेको पनि समाजले जनाएको छ ।

सुदुरपश्चिमेली समाजको जापानमा हाल तीन वटा क्षेत्रीय शाखाहरु कृयाशिल छन ।जस अन्तर्गत फुकुओका ,सेन्दाइ र तोचिगी रहेका छन ।

समाजको संस्थापक अध्यक्ष चन्द्र उपाध्याय हुन भने दोश्रो कार्यकाल भरत नेगी तेश्रो कार्यकाल आषिश रावल र चौथो कार्यकाल पूर्ण चलाउनेले जिम्मेवारी सम्हालेका हुन ।

पाचौ अधिवेशनले सक्रिय कार्यसमितिको निर्माण गर्ने निर्वाचन कमिटिका संयोजक पदम ठगुन्नाले बताए ।

Loading...