सिलवालको बचाउ गर्दै एमालेले प्रहरी र सरकारलार्इ दियो कडा चेतावनी

इन्टरपोललार्इ अतिरञ्जित सूचना दिने र जनमतको अपमान नगर्न एमालेको अाग्रह

काठमाडौँ, ९ माघ । इन्टरपाेलमार्फत रेड कर्नर नै जारी गरेर सरकारले धुइपताल खाेजि गरिएका पूर्व डिअाइजी नवराज सिलवालकाे नेकपा एमालेले बचाउ गरेकाे छ । स्थायी समितिले सिलवालकाे बचाउँ गर्दै एमालेले सरकार र नेपाल प्रहरीलार्इ समेत कडा चेतावनी समेत दिएकाे छ । सिलवाललार्इ पक्राउ गर्न सरकार निरन्तर लागिरहेकाे भए पनि एमालेले पहिलाे पटक अाधिकारिक धारणा सार्वजनिक गरेकाे हाे ।

सरकारले सिलवाललार्इ अनावश्यक दु:ख दिएकाे भन्दै एमालेले सरकारलार्इ जनताकाे अभिमतलार्इ अपमान नगर्न चेतावनी दिएकाे छ । साथै सिलवाललार्इ पक्राउ गरिए गम्भीर परिणाम भाेग्ने चेतावनी पनि एमालेले दिएकाे छ । गृहमन्त्रालयकाे समेत नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसकाे परिणामकाे कुनै ख्याल नगरेर कदम चालेकाे एमालेकाे भनार्इ छ । स्थायी समितिकाे बैठक पछि एक विज्ञप्ती नै जारी गर्दै एमालेले सरकारले इन्टरपाेललार्इ अतिरञ्जित सूचना दिइएकाे पनि दावी गरिएकाे छ । एमाले सचिव याेगेश भट्टरार्इले यसरी केही व्यक्ति र समूहका स्वार्थ पूरा गर्ने हतियार इन्टरपाेललार्इ बनाउन नहुने बताएका छन् ।

ललितपुर क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालविरुद्ध रेड कर्नर नाेटिस जारी गर्न नेपाल प्रहरीले पत्र पठाएकाे थियाे । इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेको समाचार प्रकाशित भएपछि एमालेकाे स्थायी समिति बैठक बसेको थियाे ।

बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीका नाममा एक विज्ञप्ति जारी गरिएकाे छ । विज्ञप्तीमा भनिएकाे छ, ‘ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै ज्ञवालीकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा थपिएको छ – ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।’

प्रहरीको कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा सिलवालमाथि सर्वाेच्चमा मुद्दा लगाइएकाे छ । तर, सिलवालले भने त्यसकाे खण्डन गर्दै आएका छन् । नेपाल प्रहरीले भने निकै तदारुकताका साथ सिलवालकाे खाेजि गरिरहेकाे छ । सिलवाल जहाँ लुकेकाे भए पनि पक्राउ गरेर ल्याउन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरुलार्इ निर्देशन समेत जारी गरेकाे थियाे ।

याे पनि पढ्नुहाेस

सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

 

Loading...