होटल आतङ्ककारी हमला, १८ विदेशीसहित १८ को मृत्यु

काठमाडाैं । अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ ।

होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित चार जना अफगानी नागरिकको ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

“आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए,” गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् ।

आतङ्कवादीको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेको प्रवेशमा रोकी कारबाही थालिएको थियो ।

घटनास्थलमा उद्धारका लागि पुगेका एम्बुलेन्सलाई समेत होटल नजिकै लाइनमा राखेर होटललाई सुरक्षा नियन्त्रणमा लिइएको थियो । होटल आक्रमणमा सम्लग्न सवैै हमलाकारी मारिएका छन् ।

आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर सरकारी सुरक्षाफौजले घटनामा तालिवानी समूहको सम्लग्नता रहेको आशङ्कामा छानविन शुरु गरेको छ ।

Loading...