मनोज गजुरेलले कठोर श्रीमानको व्यवहार गरेको र सबै खालका यातना आफूले पाएको मिनाको दावी

काठमाडौं, ६ माघ । हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएपछि मिना ढकालले मुख खोलेकी छिन । मिनाले मनाेजसँग २०४९ सालतिर अारअार क्याम्पसमा भएको स्ववियु चुनावको बेला चिनजान भएको र २३ वर्षकाे चिनजानलार्इ अहिले ताेड्नुपरेकाे बताएकी छन् ।

विवाहपछि पत्‍नीको हैसियतमा अाफूले सहयोग गरेको र उनलार्इ सफल बनाउन अाफ्नाे हात रहे पनि मनाेजले अाफ्नाे नाम कहिले पनि नलिएकाेमा दुख पाेखेकी छन् । तर अाफ्नाे सहयोगले भन्दा पनि मनोज अाफ्नै संघर्ष र क्षमताको कारण लोकप्रिय भएको पनि मिनाले बताएकी छन् । साथै उनले मनोज सुरुमै राजनीतिमा भन्दा पनि कलाकारितामै फिट देखिने गरेको बताएकी छन् ।

मिनाले मनाेजलार्इ मनाेज गजुरेल बनाउन निकै धेरै सहयाेग गरेकाे तर उनले त्याे केही पनि नदेखेकाे स्पष्ट पारेकी छन् । एकपटक मनाेजले एक पत्रिकासँगकाे अन्तरवार्तामा अत्यन्तै हल्का तरिकाले अाफूलार्इ प्रस्तुत गरेकाे र त्यहीबेलादेखि अाफूलार्इ बढी चाेट पुगेकाे बताइन । उनले मनाेजका लेख सम्पादन गर्नेदेखि उनका धेरै कामहरुमा अाफूले सहयाेग गरेकाे उनले बताएकी छन् । मनाेजलार्इ अाफूले जन्म मात्र नदिएकाे बाँकी सबै हुर्काउने बढाउने सबै काम अाफूले गरेकाे पनि उनले बताएकी छन् ।

एक संचारमाध्यमसँगकाे अन्तरवार्तामा मिनाले अाफूले मनाेजबाट धेरै खालका यातना र चाेट खाएकाे बताएकी छन् । विवाहभन्दा अगाडि मनाेजले निकै करबल गरेर अाफूलार्इ विवाह गरेकाे तर त्यसलगत्तै साथीकाे भन्दा पनि एक कठाेर लाेग्नेकाे व्यवहार अाफूलार्इ गरेकाे उनकाे भनार्इ छ । मनाेजले तपार्इलार्इ के शारीरिक यातना नै दिन्थे त भन्ने प्रश्नमा उनले भनेकी छन्, यस्ता कुरा गर्दा धेरै लम्बिन्छ तर मैले एक कठाेर श्रीमानले श्रीमतीमाथि गर्ने सबै खालका व्यवहार मैले भाेगेकी छु ।”

अबकाे जीवन कसरी बिताउनुहुन्छ र मनाेजलार्इ के सल्लाह दिनुहुन्छ भन्ने प्रश्नमा उनले अाफू त ४० काटिसकेकाे हुनाले यत्तिकै बस्न सक्ने तर मनाेज सम्हालिन नसक्ने अवस्थामा भएकाे बताउँदै मनाेजले अाफूले जस्तै सहयाेग गर्ने जीवनसाथी पाउँछन कि पाउदैनन भन्ने चिन्ता लागेकाे जनाइन । मनाेज निकै अव्यवहारिक भएकाे उल्लेख गर्दै उनले अन्डरवेयर समेत नधुने र लगाउनेदेखि सबै कुरा अाफूले गरिदिने गरेकाे उनकाे भनार्इ छ । साथै मनाेजले यदि अर्काे अाउने जीवनसाथीलार्इ अाफूजस्तै व्यवहार गरे भने उनीहरु त्यही अनुसार बस्छन कि बस्दैनन भन्नेमा अाफूलार्इ चिन्ता लागिरहेकाे पनि उनले खुलाइन । मनाेज र अाफ्नाे डिभाेर्स यस्ता बानी व्यहाेराका कारण मात्र नभर्इ अर्काे ठूलाे कारण रहेकाे पनि बताइन । तर, त्याे के कारण हाे भन्ने कुरा अहिले नै नभन्ने पनि उनले बताइन ।

उनले भनेकी छन, ”विवाहहपछि पत्निको हैसियतले मनोजलाई स्थापित गर्न पक्कै सपोर्ट भयो होला तर त्यो सहायक हो । मुख्यत: मनोजको आफ्नै संघर्ष र क्षमताले उनलाई लोकप्रिय कलाकार बनाएको हो ।” तर उनले मनोजको घमण्डलाई मान्‍न नसकिने बताएकी छन् । उनले भनेकी छन, ”यहाँ त यस्तो घमण्ड उजागर भयो कि मनोजलाई जन्माएको चाहीं मैले होइन, अरू सबै मैले गर्दा बनेको हो । यो कुरालाई स्वीकार गर्न सकिन्न ।”

मिनाले मनाेजसँगकाे सम्बन्ध अाफूले जवरजस्ती २२ वर्षसम्म टिकाएकाे पनि खुलासा गरिन । दम्पत्तिमध्ये उमेर, योग्यता, क्षमता र सामाजिक हैसियत जसको अगाडि छ उसैलाई केन्द्रबिन्दु बनाएर अगाडि बढ्ने र उपलव्धीलाई सामूहिकरुपमा ग्रहण गर्ने संस्कारको कुरामा मनोजमा अभाव देखिएको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ”हिसावकितावको नाफा खोज्ने ? यसरी हिसावकिताव राखेर नाफा खोज्नेहरूको माया प्लास्टिकको फुलको सुभाष जस्तो हुन्छ ।” उनले अन्तस्करणदेखि माया, सम्मान र सहकार्य नहुने भएपछि छुट्टिएकै राम्रो भनेर एक महिनाअगाडि सम्बन्ध विच्छेद गरेकाे बताइन ।

लामो समयदेखि अलग बस्न थालेको र मिल्ने सम्भावना नभएपछि मिनाका माइती र मनोजका परिवारको सहयोगमा कानुनी रुपमा सम्बन्ध विच्छेद भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार मनोज र मिना दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

गएको पुस ११ गते कानुनी प्रक्रिया टुंगोमा पुगेपछि मनोज छोरासँग बालकोटस्थित घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्न थालेकी छन् । सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । तर पनि उनीहरुबीच लामो समयदेखिको चिसोपन थियो । मिनालाई मनोजको पेशा मन परेको थिएन । मनोज र मिनाको राजनीतिक आस्था पनि फरक फरक पार्टीमा छ ।

Loading...