जवानले प्रहरी चौकीभित्रै गोली प्रहार गरेपछि ९ प्रहरीको मृत्यु

काठमाडौं, ५ माघ । अाफ्नै सहकर्मीको गोलीबाट ९ प्रहरीको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीको पोशाकमै रहेका एक जना जवानले प्रहरी अधिकारीहरुमाथि अन्धाधुन्दा गोली हानेका थिए । प्रहरी चौकीमै भएको घटनामा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

Loading...