अनुराधाकाे नियुक्ति विवादमा, दाहालले भने, अनुराधा इण्डियन हुन्

काठमाडौं, ३ माघ । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले ३ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्ती पाएकी अनुराधा कोइराला भारतीय भएको अारोप लगाएका छन् । बुधबार सरकारले कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

दाहालले सामाजिक संजालमा कोइरालाको बायीग्राफिले भारतीय देखाएको बताउँदै सरकारसँग जवाफ मागेका छन् ।’माइती नेपाल’ मा पश्चिमा देशहरुको लागनी भएको बताउँदै दाहालले कोइरालालाई दिइएका पुरस्कारका प्रकृति, संघीयता कार्यान्वयन गर्ने पैसा नभएको भन्दै विश्व बैंकले ऋण दिन थालेको र कोइरालाको नियुक्तिले प्रदेश विदेशीहरुको जिम्मा लगाउने षड्‍यन्त्र भएको दाबी गरेका छन् ।

”इण्डियन कि नेपाली ? प्रमाणसहित तत्काल जबाब देउ । उनकाे बायाेग्रफिले इण्डियन बतार्इरहेकाे छ। ‘माइति नेपाल’मा पश्चिमाहरूकाे लगानी, उनलार्इ दिर्इएका पुरष्कारहरूकाे प्रकृती, संघीयतालार्इ कार्यान्वयन गर्ने पैसा नभएर विश्व बैंकले दिन थालेकाे ऋण र अनुराधाकाे काँग्रेस प्रवेशकाे लगत्तै प्रदेश प्रमुखमा नियुक्तिका घटनाहरूले खतरनाक संकेतहरू देखार्इरहेका छन्” दाहालले लेखेका छन् ।

त्यसैगरी दाहालले देशको ढुकुटी लुटेर पैसा नभएको बहानामा प्रदेशहरुलाई विदेशीहरुको जिम्मा लगाउने षड्‍यन्त्रको भद्दा रुप प्रकट हुन थालेको दाबी गरेका छन् । ”देशकाे ढुकुटी लुटेर पैसा नभएकाे बहानामा प्रदेशहरूलार्इ विदेशीहरूकाे जिम्मा लगाउने षडयन्त्र भद्दा रूपले प्रकट हुन थालेकाे देखिँदैछ” उनले फेसबुकमा लेखेका छन् ।

माइती नेपालकी संस्थापक कोइरालाको जन्म सन् १९४९ अप्रिल १४ मा भारतमा भएको वायोग्राफिमा उल्लेख गरिएको छ । उनले वंशजको अाधारमा काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिएकी छन् । संचारमाध्यमहरुलाई प्राप्त नागरिकताको प्रतिलिपी २०५० साल पुस ६ गते काठमाडौं जिल्ला प्रशासनबाटै लिएको देखिन्छ

कोइराला महिला अधिकारको क्षेत्रमा काम गर्दै अाएकी छन् । उनले माइती नेपालमार्फत यौन हिंसाको शिकार भएको महिलाको क्षेत्रमा काम गर्दै अाएकी छन् । त्यसैगरी विदेशमा विचेएकी महिलाहरुमा उद्दारको पनि ठूलो भूमिका निर्वाह गरेकी छन् । त्यसैगरी माइती नेपालले एचअाइभी संक्रमित महिलाहरुको लागि पनि उद्दार र सहयोग गर्दै अाएको छ ।

कोइराला सिएनएन हिरो, मदर टेरेसा अवार्ड,पद्‍मा श्री अवार्डलगायतका अन्तर्राष्ट्रिय पुरस्कार पनि हात पारेकी छन् । चुनावको मुखमा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी थिइन् । अाफ्नो जीवन काँग्रेस राजनीतिमै सकेर हिँउझैं सेताम्य भएका धेरै काँग्रेसीलाई पछी पार्दै अनुराधले प्रदेश प्रमुख हात पारेकी छन् ।

अनुराधा कोइरालाले धेरै राम्रो काम गरेपनि त्यसको उद्देश्य विश्लेषक दाहालले भनेजस्तै हो भने त सरकारले गम्भीर भुल गरेको छ ।

 

Loading...