धनुकटामा ठूलो झडप, प्रशासन कार्यालयमा आगजनी, गोली चल्दा ३ घाइते

काठमाडाैं, ४ माघ । सरकारले प्रदेशका अस्थायी मुकाम ताेकेपछि विभिन्न प्रदेशमा अान्दाेलन चर्किएकाे छ । यसैक्रममा धनकुटामा प्रहरी र अान्दाेलनकारीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशकाे अस्थायी केन्द्र विराटनगर ताेकेपछि त्यसका विरुद्ध धनकुटामा अाज बिहानैदेखि प्रदर्शन सुरु भएकाे थियाे । धनकुटालार्इ नै एक नम्बर प्रदेशकाे राजधानी बनाउनुपर्ने माग राख्दै धनकुटावासी केही समयअगाडिदेखि नै अान्दाेलनमा थिए । धनकुटा यसअघि पनि पूर्वाञ्चल विकास क्षेत्रकाे मुकाम भएका कारण अहिले पनि १ नम्बरकाे मुकाम बनाइनुपर्ने उनीहरुकाे माग छ । तर, त्यसका वावजुत सरकारले १ नम्बर प्रदेशकाे राजधानी विराटनगर बनाएकाे छ ।

सरकारकाे निर्णय विरुद्ध अान्दाेलनमा उत्रेका अान्दाेलनकारीलार्इ नियन्त्रणमा लिन धनकुटामा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । साे क्रममा प्रहरीले दर्जनाै राउण्ड अश्रुग्याँस प्रहार गरेकाे छ । अान्दाेलनकारीले भने प्रहरीले गाेली नै चलाएकाे अाराेप लगाएका छन् । प्रहरीले लाठी अश्रुग्यास र गाेली समेत चलाएकाे अान्दाेलनकारीकाे दावी छ । प्रहरीले भने स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे जनाएकाे छ ।

आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी समेत गरेका छन । अागजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । त्यसैगरी अान्दाेलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत ताेडफाेड गरेकाे जनाइएकाे छ ।

अान्दाेलनकारीले अागजनी तथा ताेडफाेड गर्ने क्रम बढ्न थालेपछि त्यसलार्इ नियन्त्रणमा लिन खाेज्दा झडप भएकाे धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले ननस्टपखबरलार्इ बताएका छन । उनले सरकारी कार्यालय नै तोडफोड गर्न र अागजनी भएकाे बताए ।

धनकुटामासँगै सरकार सरकारले गरेका निर्णय विरुद्ध अरु प्रदेशमा पनि अान्दाेलन भएकाे छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै धनगढीलाई अस्थायी मुकाम घोषणा गरिएपछि डोटीको दियापल पनि बुधबार दिनभर तनावग्रस्त बन्यो । दिपायललाई प्रदेश ७ को अस्थायी मुकाम घोषणाको माग गर्दै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा भएको छ । त्यस्तै, प्रदेश २ को अस्थायी मुकाम जनकपुरबाट वीरगन्ज हुनुपर्ने भन्दै प्रदर्शन सुरु भएको छ ।

Loading...