झोलामा टाउको झोलाभरि पैसा भन्ने पूर्वगृहराज्यमन्त्री बालक अपहरणका नाइके, एक करोड फिरौती

नवलपरासी, २ माघ । कुनै समय माअाेवादीका विरुद्ध अापत्तीजनक अभिव्यक्ति दिएर चर्चामा अाएका कांग्रेस नेता तथा पूर्व मन्त्री अपहरणमा सम्लग्न भएकाे खुलेकाे छ । झाेलामा टाउकाे ल्याउँ झाेलाभरि पैसा लैजाउ भन्नेर तत्कालिन माअाेवादी जनयुद्धमा लागेका नेता कार्यकर्तामाथि दमन चलाउने कांग्रेस नेता देवेन्द्रराज कँडेल एक बालककाे अपहरणमा जाेडिएका हुन् ।

पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलकाे समूहले एक भारतीय बालककाे अपहरण गरेकाे खुलासा भएकाे हाे । उनकै नेतृत्वमा अपहरणमा परेका एक भारतीय बालकलार्इ प्रहरीले सकुसल उद्दार समेत गरिसकेकाे छ । गत बिहीवार भारत उत्तर प्रदेश ठुठिबारीबाट १ करोड फिरौती माग रकमसहित अपहरणमा परेका ७ बर्षीय बालक आयुस निगमको सकुसल उद्दार भएको हो ।

बालकको सकुसल उद्दारको लागि पूर्व गृहराज्यमन्त्री एवम् प्रतिनिधी सभा सदस्य देबेन्द्रराज कण्डेलले नेपाल र भारत दुबै क्षेत्रका सबै सुरक्षकर्मीहरुसँग समन्वय गरेर बालकको सकुसल उद्दार गरिएको छ ।

ठुठीवारीका कपडा ब्यवसायी बब्लू निगमका ७ बर्षीय छोरा आयुस निगम ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । कण्डेलको पहलमा नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको विशेष सहयोगमा नेपालसँग सीमा जोडिएको बिहार राज्यको वाल्मीकि नगर जङ्गल क्षेत्रबाट बालकको उद्दार गरिएको हो ।

ठूठीबारीमा रहेको राधाकुमार ईन्टल कलेजको प्रबन्ध सन्चालक समेत रहनुभएका कण्डेलले बालकको अपहरण भएको थाहापाएपछि आफ्नो दायीत्व महशुस गरी दुबै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुसल उद्दार गर्न मद्दत गरेको कण्डेलले जानकारी दिए ।

यसैबिच भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ ठुठीबारी बजारबाट अपहरण गरिएको एक बालकको सकुशल उद्दार गरि अपहरणकारीलाई नियन्त्रणमा लिइएको छ ।

Loading...