रियलले अाफूसँग गरेका वाचा पूरा नगरेकाे भन्दै राेनाल्डाेले भने ‘अब म्यानचेस्टर युनाइटेड फर्किन्छु’

काठमाडाैं । रियल म्याड्रिडका फर्वार्ड स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर यूनाइटेड फर्किने इच्छा जाहेर गरेका छन् । उनले याे कुरा अहिले अावद्ध रहेकाे क्लब रियल म्याड्रिडसँग गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो यसै वर्षको समर ट्रान्सफर विन्डोका क्रममा आफ्‍नो पुराने क्लबमा फर्किन चाहन्छन् । पाँच पटक बालोन डी ओरको उपाधि चुमिसकेका रोनाल्डोले रियल म्याड्रिडले अाफूसँग गरेका नयाँ सम्झौतामा गरिएका कतिपय वाचाहरु पूरा नगरेको बताएका छन् । साथै उनले त्यसप्रति असन्तुष्टि पनि जनाएका छन् । उनले यसै सिजनको अन्त्यसम्ममा क्लबबाट बाहिरिने बिचार समेत गरेकाे बताइएकाे छ ।

रियलका ३२ वर्षीय खेलाडीको नाम फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग पनि जोडिने गरिएको छ रोनाल्डोले सन् २००९ मा रियालमा आवद्ध हुनुअघिका ६ वर्ष म्यानचेस्टर युनाइटेडमै बिताएका थिए । गत सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पिन्स लिगको उपाधि पनि जिताएका रोनाल्डोले यो सिजन गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

च्याम्पियन्स लिगमा केही गोल गरे पनि उनी ला लिगामा भने यो सिजन फ्लप सावित भएका छन् । एकातिर रोनाल्डो चल्न सकेका छैनन् भने अर्कातिर रियल पनि ला लिगामा लिडर बार्सिलोना भन्दा १६ अंकले पछि परेको छ ।

Loading...