जँहा सिस्नो हान्दाहान्दै हुन्छ बिबाह

जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ ।

जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ ।

मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ ।

सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।

सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका वडा नं ८ का शिक्षक वीरबहादुर खत्रीले बताए । कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर र माइती जाने चलनसमेत रहेको छ ।

Loading...