यस्ता छन् भारतीय जासुस संस्था रअको एजेन्ट बन्ने लोभमा करोडौ फसाउनेहरु

काठमाडाैं, ३० पुस । भारतकाे गुप्तचर संस्था रअकाे एजेन्ट बन्ने ध्याउन्नेमा नेपालमा ठूलाे मान्छे ठगिने गरेका छन् । रिसर्च एण्ड एनालाइसिस विङ (रअ) नामको उक्त खुफिया एजेन्सीमा एजेन्टकाे काम लगाइदिने भन्दै ठग्ने मध्येका ६ जनालार्इ अाज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

काठमाडाैंकाे लाजिम्पाटमा रहेकाे भारतीय राजदुतावासमा जागिर लगाइदिने भन्दै उनीहरुले कराेडाै रुपैयाँ ठगि गरेकाे बुझिएकाे छ । यसरी मानिसहरुलार्इ विभिन्न प्रलाेभन दिएर ठूलाे पैसा उठाउने मध्ये प्रहरीले ६ जनालार्इ समातेकाे हाे । पक्राउ पर्नेमा राजविराज घर भइ हाल महाराजगञ्ज बस्दै आएका ४१ वर्षीय रमानन्द नौनिया, दोलखा घर घइ काठमाडौंको मण्डिखटार बस्दै आएका २८ वर्षीय सन्तोष कार्की, ज्ञानेश्वर बस्दै आएका ३० वर्षीय बिनोद कार्की, काभ्रे घर भइ बौद्ध बस्दै आएका ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछाप घर भइ कपन बस्दै आएका २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र महाजगञ्जकी ३२ वर्षीय गिता महर्जन छिन् ।

उनीहरुले ६० जना मानिसलार्इ ठगेकाे प्रहरीले जनाएकाे छ । प्रतिव्यक्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको खुलेको छ । पीडितले दिएको उजुरीका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...