एमालेसँग माओवादी केन्द्रले माग्यो दुर्इ प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख

काठमाडाैं, ३० पुस । नेकपा (माअाेवादी केन्द्र)ले गठबन्धनकाे सहकर्मी दल नेकपा (एमाले)सँग प्रदेश सरकार गठनका सम्बन्धमा अाफ्नाे माग प्रष्ट पारेकाे छ । सिंहदरवारमा बसेकाे एमाले र माअाेवादी केन्द्रले बनाएकाे संयुक्त कार्यदलकाे बैठकमा साे माग माअाेवादी केन्द्रले राखेकाे हाे ।

संयुक्त कार्यदलकाे आइतबारकाे बैठकमा माओवादी नेताहरुले दुर्इ प्रदेशमा मुख्य मन्त्री र चार प्रदेशमा सभामुख अाफ्नाे पार्टीकाे राख्नुपर्ने प्रस्ताव राखेका हुन् । माअाेवादी केन्द्रले राखेकाे प्रस्तावमा एमाले सहमत नभएकाे बुझिएकाे छ । त्यसबारे अध्यक्ष केपी अाेली अाएपछि मात्र छलफल गर्न सकिने कार्यदलमा रहेका एमाले नेताहरुले जवाफ दिएकाे स्राेतले बताएकाे छ । स्राेतका अनुसार एमालेले माअाेवादी केन्द्रलार्इ एउटा मात्र मुख्यमन्त्री दिने साेच बनाएकाे छ । त्यसका साथै तीन प्रदेशमा मात्र सभामुख दिन सकिने एमालेकाे भित्री छलफलमा कुरा चलेकाे बुझिएकाे छ । तर, माअाेवादी केन्द्रले साेचेकाेभन्दा बढी मागेपछि कार्यदलमा रहेका एमाले नेताहरु झस्किएका छन् ।

कार्यदलकाे बैठक सिंहदरवारमा रहेकाे एमाले संसदीय दलको कार्यालयमा बसेकाे थियाे । बैठकमा एमालेले चार प्रदेशकाे नेतृत्व गर्न र अाफूहरुलार्इ दुर्इ प्रदेशकाे नेतृत्व दिन माअाेवादी केन्द्रका नेताहरुले प्रस्ताव गरेका थिए । सभामुखमा भने एमालेलार्इ दुर्इ वटा प्रदेशकाे मात्र लिन उनीहरुले अाग्रह गरेका थिए । उनीहरुले एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लियाे भने राम्राे हुन्छ भन्ने तर्क माअाेवादी केन्द्रकाे थियाे ।

त्यसैगरी प्रदेशमा उपसभामुख पनि मिलाउने छलफलमा कुरा उठेकाे बताइएकाे छ । बैठकमा राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३/३ नेता छन् ।

Loading...